top of page

त्यही काफी छ / सुमन पोखरेल


कामेका छन् नबोल्दै ती अधर, त्यही काफी छ

गर्‍यो म सामु हुनुले नै असर, त्यही काफी छ

सबै प्रतिफल मायाको, पाइएन त के भयो

व्यस्त छ कुरा काट्‍न सारा शहर, त्यही काफी छ

त्यो भीडमा खोजिरहेथे सबै आफ्‍नै मान्छेलाई

अडियो ममा एकछिन् तिम्रो नजर त्यही काफी छ

जीवनभरको साथ दिन हैन मुटु फर्काउनै सही

जे होस्, आयौ एकपल्ट मेरो घर त्यही काफी छ

चिन्नै नसक्ने पारून्‌ चाहे जीवनका चोटहरूले

गर्दैछ अझै मृत्युले कदर, त्यही काफी छ

नगर् चिन्ता सोचेको जस्तो भएन भन्ने सुमन !

बाँकी छन् मनमा हजारौँ रहर, त्यही काफी छ

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page