त्यसरी भिजेँ / सुमन पोखरेल
- सुमन पोखरेल
- Aug 30, 2018
- 1 min read
तिम्रो अनुरागमा यसरी भिजेँ
कहिल्यै नओभाऊँ जसरी भिजेँ
मेरो मधुमास उनलाई के दिएँ
उनको प्रेमवर्षाले झर्झरी भिजेँ
भेट्न म पुग्दा ऊ रोइरहेकी
कतिपल्ट मनभित्रै त्यसरी भिजेँ
सम्झना छ उनका नयनमा हेरेको
होश छैन त्यो मातले कसरी भिजेँ
सकिन्न बुझाउन कसैलाई प्रेमका कुरा
नसोध म कहाँ केले के गरी भिजेँ
निदाउन दिएनन् आँखाले सुमन !
यादहरूको झरीमा रातभरि भिजेँ
Comments