Search
जहर पिलाउँछ जिन्दगी / सुमन पोखरेल
- सुमन पोखरेल
- Aug 30, 2018
- 1 min read
मेरा दु:ख मैसँग बिसाउँछ जिन्दगी
दुखेको मन झनै दुखाउँछ जिन्दगी
जे भयो नियती थ्यो’ मैले के नै गरेँ र !
त्यसै खोट देखाई रिसाउँछ जिन्दगी
अति भयो यहाँ, अब घरै बोलाऊ मलाई
परदेशमा काँडाझैँ, बिझाउँछ जिन्दगी
नतिजामा उसकै, हात थियो तैपनि
विफलता देखाई खिज्याउँछ जिन्दगी
बाँच्नु भन्नु नै बिष पिई बाँच्नुरहेछ
जीवन भनी जहर पिलाउँछ जिन्दगी
जिन्दगीकै लागि पनि जित्नुपर्ने रहेछ
हार देख्ने बित्तिक्कै गिज्याउँछ जिन्दगी
गर्दैन किन, विश्वास तेरो सुमन ?
तँसँग किन यस्तो डराउँछ जिन्दगी
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...