जब उनी छेउमा बसिन् / सुमन पोखरेल
- सुमन पोखरेल
- Aug 30, 2018
- 1 min read
गजल खाली कागज रह्यो, जब उनी छेउमा बसिन्
खाली कागज गजल भयो, जब उनी छेउमा बसिन्
उस्तै थियो चोट मेरो दुख्या उस्तै थियो होला
मेरो घाउले दुखाइ सह्यो, जब उनी छेउमा बसिन्
उनैसँग चित्त दुखाई, भा'थ्यो रिसले पत्थरझैँ
त्यही मन पग्लिई बग्यो, जब उनी छेउमा बसिन्
भीड थियो भीडमात्रको, एक्लो थिएँ भीडमा म
त्यो एकान्त कहाँ गयो, जब उनी छेउमा बसिन्
आएकी थिइन् लिन उनी, मात्यो धेरै भनी
मात मेरो झनै बढ्यो, जब उनी छेउमा बसिन्
आउन त सान्त्वना दिनै आएकी होलिन् सुमन !
दुखाइ झनै भित्र पस्यो, जब उनी छेउमा बसिन्
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...
Comments