top of page

जीवनलाई भर कसको हो ? / सुमन पोखरेल


धर्ती, आगो, पानी, हावा र यो सगर कसको हो ?

केको बलले चल्दैछ यो, जीवनलाई भर कसको हो ?

मदहोश बनाई मन चोरेर गयो कुनै हेराइ

मुहार-मुहार खोजिरहेँछु, त्यो नजर कसको हो ?

सयौँ पीर, हजारौँ बह, लाखौँ दुखाइको भीड छ

ठाउँ छैन मनमा, फिर्ता लग यो रहर कसको हो ?

आकाङ्क्षा नै राखिरहूँ वा तिमीलाई राखूँ मनमा

अन्योल भो' कसको हो ठाउँ, यो ठहर कसको हो ?

किन त्रसित आँखा तिम्रा, किन हेर्छ्यौ यताउता

दुनियाँ म जितिदिछु, तिमीलाई डर कसको हो ?

नचिनेको जस्तो गर्यौ, सबै बिर्स्यौ या केही सम्झिन्छ्यौ ?

मेरा ओठमा दाग छोड्ने, व्याकुल अधर कसको हो ?

आँसु बर्सिँदा बादलझैँ तिम्रा केश, जहाँ उड्दथे

याद छ वा भुलिसक्यौ, त्यो छातीको सगर कसको हो ?

भेद खुल्ला नलेखूँ भन्छ कलम मुटुको रगतले

मेरो हो वा फेरि उसैको ? यो कदर कसको हो ?

एक्लो झैँ थेँ, तिमी आयौ, गाउँहरूको बसाइँ आयो

न मेरो रह्यो न तिम्रो भो, यो शहर कसको हो ?

विश्वास नचुँडा सुमन ! नबुझ् कसले पठायो

पिइदे यो बिष नसोधी, यो कसर कसको हो ?

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा करैले, पूरा वा आधा सुन्नुहुने, अथवा सुन्दै नसुन्नुहुने शब्दहरूक

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page