छुँदैन कुनै जहरले मलाई / सुमन पोखरेल
नछोऊ औँलाहरूले, नछोऊ अधरले मलाई
पहिल्यै घायल पार्या छ, तिम्रो नजरले मलाई
ऐना हेर्दा उनको मुहार देख्न थालेँ हिजोआज
अनुहार फेर्दियो, यो के गर्यो, प्रेमको असरले मलाई
जहिलेसुकै चिन्छ आफ्नोले, जस्तोसुकै हाल होस्,
आधारातमा पुगे नि, सोध्दैन को होस् घरले मलाई
कसले मार्न सक्छ मलाई, अनुभव छ जीवनको
पिएर बिष बाँच्या छु, छुँदैन कुनै जहरले मलाई
हाँस्या छ मेरो खुसीले, म दुखे दुख्छ ऊ पनि
सोध् सुमन ! के ठान्या रैछ, यो शहरले मलाई
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...