चोट मलाई रह्यो / सुमन पोखरेल
छातीभित्रको समरले सताइरह्यो
कठोर छ जीवन भनी बताइरह्यो
मन दुखाउने गरी, सधैँ धाइरह्यो
दिनरात तिम्रो याद आइरह्यो
बिर्सनै दिएन मलाई तिम्रो बिछोड
न्याउलीले रातभर, रुँदै गाइरह्यो
मनलाई सम्हाल्न गरेथेँ, प्रेम मैले
त्यही प्रेमले नै सधैँ मन खाइरह्यो
मायाको उपहार, या खुसी या चोट
खुसी तिमीले लग्यौ चोट मलाई रह्यो
निको नहुने भो कुनै उपचारले
तिम्रो यादले मनको घाउ चलाइरह्यो
जिन्दगी त सार्है सोझो रहेछ सुमन !
खुसी नै छु भनेँ मैले, ऊ पत्याइरह्यो
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...