top of page

चोट भरूँ म पहिले / सुमन पोखरेल


यसकै वेदनामा दुखूँ म पहिले

अरू लेख्दै गरुँला प्रेम लेखूँ म पहिले

रात बाँकी नै छ, छ जीवन पूरै बाँकी

एकछिन घुम्टोभित्रै हेरूँ म पहिले

चाहना छ प्रवल, आकाश छुने तर

गरूँ केही अनुभव, थोरै बगूँ म पहिले

बोक्ने छु म तँलाई, नडरा तँ जिन्दगी

दुईचार पाइला दह्रा टेकूँ म पहिले

रङ्ग्याउनेछु तिमीलाई मायाका हर रङ्गले

प्रेमको चित्रकारी सिकूँ म पहिले

आलैकाँचै रहियो भने, दु:ख होला उता

शीत-ताप जीवन कै, सहूँ म पहिले

रहरैले मात्र के लेखिएला र सुमन !

यो छातीमा केही चोट भरूँ म पहिले

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page