किताब आफ्ना-आफ्ना / सुमन पोखरेल
यहाँ प्रत्येक जीवनका वहाव आफ्ना-आफ्ना
मान्छे उस्तै, तर सबका अभाव आफ्ना-आफ्ना
उनी हेर्छिन् मलाई, म हेरिरहन्छु उनलाई
यसरी नै पढ्छौँ हामी किताब आफ्ना-आफ्ना
उनले हेरे लठ्ठिन्छु म, मैले हेर्दा ऊ पग्लिन्छिन्
नजर उस्तै तर हाम्रा, प्रभाव आफ्ना-आफ्ना
उनी भन्छिन् संसार मलाई, मेरो संसार उनी
एउटै नै छ मुटु तर लगाव आफ्ना-आफ्ना
इमानी हुँ भन्छौ तिमी, म पनि बौलाहा कहाँ हुँ र !
झिकेर हेरौँ लु एकपल्ट, नकाब आफ्ना-आफ्ना
तैँ जा सुमन ! बँगैचामा, म त प्रिया भेट्न जान्छु
फर्की यहीँ भेटौँला हेरेर गुलाब आफ्ना-आफ्ना
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...