top of page

आएको अघि तैँसित हुँ / सुमन पोखरेल


सङ्गीतले छोडेको एउटा अधुरो गीत हुँ

कैयन् आँखाहरूमा अल्झी झरेको प्रीत हुँ

बाँच्दैछु वर्तमान, निफन्दै सपना भोलिको

छुईनँ तर बिर्सेको, म कसैको अतीत हुँ

फूल हौ तिमी सुहाउँछ, हाँसे पनि रोए पनि

मलाई त हाँस्न नभन, म त सधैँको शीत हुँ

कहाँ के भो के चासो, बाँच्दछु म आफैँसँग

हार हुँ आफैँ आफ्नो, म आफ्नो आफैँ जीत हुँ

काडाँ हो माया भन्छन्‌ मलाई यो फूल लाग्छ

झुठो बोल्दैछन्‌ सबै, या म चाहिँ भ्रमित हुँ ?

फूल हो माया भन्छन्‌ मलाई यही काँडा भो

अरु सबै गलत हुन्‌, या म मात्र श्रापित हुँ ?

लौ उठा मलाई तैँ सुमन ! मातियो यहाँ धेरै नै

अझै त छ, केही त होश, आएको अघि तैँसित हुँ

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page