घामले टल्काएको छानो / बतोउल अजिजपोर
एक थैलो भावना रित्याएँ मैले,
कुनै दर्शन छाँट्नलाई
ब्रह्माण्ड बीचको एउटा मन्दिरछेउ
आफ्ना नक्साका लागि शब्दहरू बुन्दैछन् ईश्वर शायद,
र छानिँदै छन् सहस्र औँलाहरू
सहस्र शब्द मार्फत्
तर कहिल्यै कुनै न्याय भएको छैन,
आफ्ना गोडामुनिको धर्ती थर्थराइरहेका बेला
कुनै उत्साह थप्दैन मेरा गीतमा
छानामाथि बराल्लिइरहेको घामले।
..........................................................
सुमन पोखरेलद्वारा अङ्ग्रेजीबाट अनूदित
..........................................................
Batoul Azizpour translated into Nepali by Suman Pokhrel
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...