top of page

चस्किदियो छाती फेरि सम्झनामा तेरो / सुमन पोखरेल

  • Feb 14, 2015
  • 1 min read

नेपाली गीतकार

चस्किदियो छाती फेरि सम्झनामा तेरो

किन अझै आफ्नी हुन्छेस् कल्पनामा मेरो

मनभरि तेरो माया छातीभरि घात

दिन दिन्छु अरूलाई आफ्नो केवल रात

अन्धकारमा किन घोच्छेस् यादहरूले यस्तो

फूल जति अरूको र काँढा मेरो जस्तो

रम्न खोज्छु केशमा, त्यो रात बनिदिन्छ

आँखाभित्र डुब्न खोज्दा आँसु झरिदिन्छ

अधरका मिठासहरू आज तिर्सना जस्तो

सँगै बिताएका रातहरू अब सपना जस्तो

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2025

bottom of page