चस्किदियो छाती फेरि सम्झनामा तेरो / सुमन पोखरेल
- सुमन पोखरेल
- Feb 14, 2015
- 1 min read

चस्किदियो छाती फेरि सम्झनामा तेरो
किन अझै आफ्नी हुन्छेस् कल्पनामा मेरो
मनभरि तेरो माया छातीभरि घात
दिन दिन्छु अरूलाई आफ्नो केवल रात
अन्धकारमा किन घोच्छेस् यादहरूले यस्तो
फूल जति अरूको र काँढा मेरो जस्तो
रम्न खोज्छु केशमा, त्यो रात बनिदिन्छ
आँखाभित्र डुब्न खोज्दा आँसु झरिदिन्छ
अधरका मिठासहरू आज तिर्सना जस्तो
सँगै बिताएका रातहरू अब सपना जस्तो
Comments