हरेक साँझ झिकेर मुटु / सुमन पोखरेल
- Feb 11, 2015
- 1 min read

हरेक साँझ झिकेर मुटु बोक्दछु हातमा
के गर्नु नत्र पागलझैँ हुन्छु हर मध्यरातमा
स्वप्नझैँ जब सम्झना आउँछन् अतीतका ती दिन
डडेलोलेझैं निरीह छाती पोल्दछ छिन छिन
हराइदिन्छु त्यसैले हररात रक्सीको मातमा
के गर्नु नत्र पागलझैँ हुन्छु हर मध्यरातमा
आँखामा आँसु, ओठमा तृष्णा, डाह छ मुटुमा
आँसुले जलन बढाइदिन्छ पोखिई चोटमा
रमाइदिन्छु, भैदिन्छु खुसी, जीवनको घातमा
के गर्नु नत्र पागलझैँ हुन्छु हर मध्यरातमा

Comments