हरेक साँझ झिकेर मुटु / सुमन पोखरेल
हरेक साँझ झिकेर मुटु बोक्दछु हातमा
के गर्नु नत्र पागलझैँ हुन्छु हर मध्यरातमा
स्वप्नझैँ जब सम्झना आउँछन् अतीतका ती दिन
डडेलोलेझैं निरीह छाती पोल्दछ छिन छिन
हराइदिन्छु त्यसैले हररात रक्सीको मातमा
के गर्नु नत्र पागलझैँ हुन्छु हर मध्यरातमा
आँखामा आँसु, ओठमा तृष्णा, डाह छ मुटुमा
आँसुले जलन बढाइदिन्छ पोखिई चोटमा
रमाइदिन्छु, भैदिन्छु खुसी, जीवनको घातमा
के गर्नु नत्र पागलझैँ हुन्छु हर मध्यरातमा
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...