खै के सुनाउनु उनलाई मुटु मेरो पोलेको
- सुमन पोखरेल
- Feb 9, 2015
- 1 min read

खै के सुनाउनु उनलाई मुटु मेरो पोलेको
देख्दछु उनको मुहारमा मेरै व्यथा दुखेको
चोट लुकाए झैँ मनमा
देख्दिनँ जाँगर तनमा
मुस्कान हराएको देख्छु
फिकाफिका अधरमा मेरै कथा लेखेको
देख्दछु उनको मुहारमा मेरै व्यथा दुखेको
शब्द हराए झैँ भाकामा
देख्दिनँ रहर आँखामा
आँसु रसाएको देख्छु
उदासउदास नजरले मेरै जेथा बोकेको
देख्दछु उनको मुहारमा मेरै व्यथा दुखेको
Comments