वान जिरो वान \ अजीत कौर
पछाडि फर्के
र हेर्दा मेरा कुर्कुच्चाबाट शुरू भएर दूरदिगन्तसम्म आगाका लप्काको आँधी चलेको देख्दछु । ‘वान-जिरो-वान’ डायल गरिरहूँ जस्तो लाग्छ । यस नम्बरमा फोन गर्दा आगो निभाउनेहरू आउने गर्छन् । हरेक दिन मनभित्रभित्रै पचासौँपल्ट म यो नम्बर डायल गर्छु - ‘वान-जिरो-वान’ ।
यी आगाका दन्किरहेका मुस्लाको आँधीमा म हरेक दिन जल्ने गर्दछु । दिउँसो कम, राती ज्यादा । दिनहूँ यस आगामा नुहाउनु मेरो भाग्यको लेखा हो । सात वर्षअघि चौध र पन्ध्र अगस्ट बीचको रात भाग्यले यो लेखा मेरो निधारमा मात्र नभएर मेरो सारा शरीरभरि लेखिदिएको थियो । त्यसपछिका सात दिनसम्म कसैले मेरो मासु खुर्कीखुर्की यो भाग्यलाई मेरो शरीरमा टाँसिरहेको थियो ।
मैले पछाडि फर्कनु पर्यो भने यी आगाका मुस्लालाई छिचोलेरै जानु पर्ने हुन्छ, र मसँगै तपाईँले पनि यो आगाको यात्रा गर्नुपर्ने हुन्छ ।
वर्षौ पहिले भएको त्यो घटना कहिल्यै सकिएन । अहिले पनि मेरो छातीमा हरेक पल दुर्घटित भइरहन्छ ।
आगाका मुस्लाले बेरिएर, राँकोजस्तै बल्दै, अत्यन्त सुन्दर एक युवती दुई तला भर्याङ ओर्लन्छे । हुर्हुरी बल्दै गरेको आगो भर्याङ् ओर्लिन्छ । त्यो आगो अहिले पनि मेरा लुगामा मात्र हैन मेरो शरिरका मासुमा समेत लागिरहेको छ र हुर्हुर बल्दै म आफैं भर्याङ ओर्लिरहेकी छु, जस्तो लाग्दछ ।
मलाई थाह छ, जस्तै अप्ठ्यारो परे पनि चिच्याएर नचिनेका मान्छेहरूसँग म गुहार माग्न सक्दिनँ । उसले पनि त्यो बिरानो शहरको भर्याङमा कसैलाई गुहारिन होला ।
...
चौध अगस्टको साँझ थियो । १९७४ । म प्रेसमा बसेर काम गरिरहेकी थिएँ । घरबाट मेरी ठूली छोरी अर्पणाको टेलिफोन आयो । आत्तिएर कामेको स्वर, “पेरिसबाट टेलिफोन आइरहेको छ, कुरा बुझिँदैन, लाइन स्पष्ट छैन । अहिले फेरि आउँछ, तपाईँ छिट्टो घर आउनू ।”
पेरिसबाट टेलिफोन ? किन ?
मैले काम्दै गरेका हातले कागजहरू फाइलमा कोचेँ र गाडीमा बसेँ- “घर, चाँडो ।”
केन्डी, मेरी कान्छी छोरी, डेढ महिनाअघि फ्रान्स गएकी थिई । जवाहरलाल यूनिभर्सिटीबाट फ्रेन्चमा एम. ए. गरिरहेकी थिई । अघिल्लो वर्षको परीक्षामा क्लास टप गरेकीले उसले दुई महिनाको स्कलर्सिप पाएकी थिई । फ्रान्स गएरै कुनै कोर्स गरे पनि हुने, नभए आफैँ रिसर्च गरेर फ्रान्सका बारेमा कुनै थेसिस लेखे पनि हुने । के गर्ने भन्ने उसैको चाहनामा निर्भर थियो ।
उसले थेसिस लेख्न रोजेकी थिई । त्यसै सन्दर्भमा ऊ फ्रान्सभरि घुमिरहेकी थिई । हरेक दिनजसो उसका चिट्ठी आउथेँ । त्यसको अघिल्लै दिन मात्र पनि एउटा चिठी आएथ्यो । लामो चिठी । भिसीबाट । विभिन्न ठाउँका गढीहरू, आर्ट ग्यालरीहरू, म्यूजियमहरू र चर्चहरू हेर्दै ऊ भिसी पुगेकी थिई, जीवनदायक पानीका झर्नाहरूका लागि प्रसिद्ध भिसी । र फ्रान्सबाट मात्र हैन, सारा युरोपभरिका मानिसहरू ती झर्नाको पानी खान र तिनमा नुहाउनका लागि आउने गर्दथे , निरोगी हुनका लागि ।
चिठी भिसीबाट आएथ्यो । फोन पेरिसबाट कसरी आयो ? के आज पेरिस फर्की सकी ? तर फोन किन गरी त ? कुनै ठूलै विपत् नपरिकन फोन गर्ने खालकी त हैन ऊ । गाह्रो, अप्ठ्यारो हुँदा पनि मलाई भन्दिन थिई । आमालाई पीर नपरोस् भनेर । मोरी !
सयौं तर्कहरूबाट घेरिँदै म घर पुगेँ ।
“के फोनमा बोली अलिअलि पनि बुझँदैन थियो ?”
“कज्जनको बोलीजस्तै लाग्थ्यो ।”
“कज्जनको ? केन्डीको हैन ?” म झन् सारो अत्तालिएँ ।
कज्जन, हाम्रो छिमेकीको छोरो । केन्डीले सिनियर क्याम्ब्रिज गरिसकेकी थिई, त्यसबेला कज्जन एउटा कलेजमा पढ्दै थियो । त्यसै ताका हामी यो ग्रेटर कैलाशको घरमा सरेका थियौँ । उनीहरू माथिल्लो तलामा बस्दथे, हामी तल्लोमा । घर भर्खरै बनेको थियो, त्यसैले हामी दुवैथरी भाडावाल करिब पन्ध्र दिनको फरकमा यस घरमा आएका थियौं । त्यस कारण उनीहरूका सामान माथिल्लो तलासम्म ओसार्ने जिम्मेवारी हाम्रो पनि थियो । हाम्रो, अर्थात् म र मेरा दुई छोरीहरूको । यस प्रकारले त्यो चिनापर्ची शुरू मै निकै नजीकको नातामा परिणत भएको थियो ।
तर उनीहरू बेग्लै किसिमका प्राणी थिए । बिस्तारैबिस्तारै मनबाट टाढिँदै गए । उनीहरूको आफ्नै संसार थियो, जहाँ हीरा बेचिन्थ्यो, लाखौँको ब्यापार हुन्थ्यो । किताब भन्ने वस्तुका लागि कतै कुनै ठाँउ थिएन । हल्लाको अन्त्यहीन शृङ्खला चलिरहन्थ्यो, जुन बिहान ब्रेकफास्टका लागि पुरी तार्दाको च्वाइँय्यबाट शुरू हुन्थ्यो र आधारातसम्म साथीभाइ, पाहुनापासाको जमघट र घुइँचामा रक्सीको होहल्ला र तासको हारजीतको अपरिमित खैलाबैलासँगै गतिशिल रहन्थ्यो ।
हामी मुन्तिर थियौँ, त्यसैले टाउकामा घनले हिर्काए झैँ लागिरहन्थ्यो, जुनैसुकै बेला । ढ्याङढ्याङ गरेर हिँडिएका हिँडाइहरूको थर्काइ, आउनेजाने उनीहरू नै जस्ता मान्छेहरू भर्याङ् चढ्दा र ओर्लिँदाका झर्को लाग्दा खल्याङ्बल्याङ्, आधारातसम्म मोटरहरू स्टार्ट हुँदाका र तिनका ढोका खुल्दाका र ड्याङ्ङ गरेर बन्द हुँदाका कर्कश आवाज स्थिर भएको रातभरि ढ्याङ्ढ्याङ् र ढुङ्ढुङ् गर्दै घन्किरहन्थ्यो । आधारातसम्म तिनीहरूका दुई थान नोकरले ठूलाठूला स्वरमा गरेका गफ र भाँडाकुँडाको ट्याङ्ट्याङ् र टुङ्टुङ् । हल्ला अलि कम सुनिने एउटै कोठो पनि थिएन । माथ्लो तलाको पछाडिपटीको कोठामा आइमाईहरू गाँड लागेर तास खेलिरहन्थे, पान खाइरहन्थे । अघिल्तिरको ठूलो कोठामा लोग्नेमान्छेहरू हल्ला गरिरहन्थे । तास, मानौँ पहलमानहरू अखडामा कुस्ती खेल्दैछन् ।
कति पटक त म के गरूँ गरूँ भएर बाहिर निस्कन्थेँ । घरछेउ अगाडिपटी एउटा पार्क थियो । त्यहीँ गएर उभिइरहन्थेँ । वरिपरिका सबै घरहरू शान्त अँध्यारामा केटाकेटी झैँ सुतिरहेका हुन्थे । हामी बसेको घरको माथिल्लो तलाबाट मात्र खपिनसक्नुको खैलाबैला, गिलास र भाडाकुँडाको ट्याङट्याङ टुङ्टुङ्, हिँडाइहरूको थर्काइ र अलिकति उज्यालो बाहिर फालहानिरहेका हुन्थे । “यो कस्तो दुर्भाग्य हो !” - म सोच्दथेँ ।
अनि बिहान हाम्रो चौरभरि कागज, चुरोटका ठुटा, केराका बोक्रा, फुटेका गिलासका टुक्रा र केकेजाति छरिइएका हुन्थे । सबैभन्दा दुःखलाग्दो कुरो हुन्थ्यो, पान खाएर पिच्च थुकेको थुकले ठाउँठाउँमा रातो भएको दूबो । उफ् ! त्यो हाम्रो चौर नभएर फोहर फ्याँक्ने रछ्यानजस्तो देखिन्थ्यो । त्यसबारेमा उनीहरूसँग केही कुरा गर्यो भने मेरो पूरा दिन नै चौपट हुने गरी कराउँथे ।
अगाडिपटीको घरमा भने एउटा भलादमी परिवार बस्दथ्यो । र छरछिमेकभरिमा त्यही एउटा परिवारसँग मात्र मित्रताको साइनो थियो । सुरेन्द्र सहगल र विमलाजी । हाम्रो माथिल्लो तलाकाहरूसँग कुरा गरिदिनको लागि वहाँहरूलाई मैले एक दुई चोटी भनेँ पनि । आखिर मान्छेसँगको यस प्रकारको झगडामा मान्छेले नै त कुरा गर्न सक्छ ! तर कोही पनि अरूको लागि बिनासित्तिमा धुर पस्न चाँहदैन ।
त्यो खपिनसक्नुको हल्लाले निथ्रुक्क भिजेको घरमा मौन र नितान्त बेग्लै किसिमको एउटा केटो थियो, कज्जन ।
केन्डी र ऊ सँगसँगै किताब पढ्दथे, सङ्गीत सुन्थे र यताउता घुम्न जाने गर्दथे ।
माथिल्लो तलामा किताब र सङ्गीतका लागि कुनै स्थान थिएन । त्यसैले हाम्रामा आउँदा कज्जन त्राण पाए जस्तो गर्दथ्यो । सँगै बस्नु पर्यो भने उनीहरू किताब र सङ्गीतले भरिपूर्ण भएको तल्लो तला, अर्थात् - हाम्रैमा बस्ने गर्दथे ।
कज्जन भन्ने गर्थ्यो, “त्यो हीराको पैसासँग मेरो कुनै चासो छैन । म त अरू नै केही गर्छु । आफ्ना खुट्टामा उभिन्छु, र केन्डी ! म आफूलाई तिम्रो साथी हुन लायकको बनाउँछु ।
अनि दुई वर्षको स्वच्छ र गहिरो मित्रतापछि कज्जन फ्रान्स गयो । केन्डीसँगको मित्रताको लायक हुनलाई ।
केन्डी थिई नै त्यस्तै खालकी । उसकी साथी हुनलायक बन्न मैले नै पनि विशेष कोशिश गर्नुपर्थ्यो । कैयन किताब त पहिले उसले पढेकी हुन्थी र पछि मलाई पढ्न दिन्थी । अनि त्यसपछि अर्पणा, म र ऊ तीन जना बसेर तिनका बारेमा चर्चा गर्ने गर्थ्यौँ ।
पेरिसबाट आइरहेको फोन त्यही कज्जनको थियोे । र अर्पणाले फोन उठाउँदा ऊ बोलेको केही बुझिरहिएको थिएन ।
हामी दुवै आमाछोरी कामिरहेका मुटुसँगै फोनका छेउमा बसिरहेका थियौँ । कज्जनको फोनको प्रतीक्षामा । समय हिँड्न मानिरहेको थिएन ।
साँझको पाँच बजेदेखि पर्खिँदापखिँदै आठ बज्यो । आजीत भएर मैले माथिल्लो तलाकाहरूसँग कज्जनको फोन नम्बर मागेँ । टेलिफोनको नम्बर त भिसीको नै थियो, जहाँबाट हिजो मात्र केन्डीको चिट्ठी आएको थियो । त्यसमा उसले आफू पनि कज्जन बस्ने होस्टलमै बसिरहेकी कुरा पनि लेखेकी थिई ।
फोन पेरिसबाट आइरहेको भए पनि मैले भिसीको लागि कल बुक गराएँ ।
त्यस रात कल नपाउँदा मैले कसकससँग अनुनय विनय गरिनँ, के भनूँ । टेलिफोन अपरेटर केटीहरू, सुपरिटेन्डेन्ट, र कसैले चिनेको कोही थियो भने ती जोसुकैसँग । तर कल पाइरहिएको थिएन ।
राती करिब बार्ह बजेतिर फेरि कज्जनको स्वर सुनियो । तर यस चोटि पनि कुरा राम्ररी बुझरहिएको थिएन ।
मैले बुक गराएको कल करिब पौने दुई बजेतिर लाग्यो । कल लन्डन एक्सचेन्जको रुट हुँदै पाइएको थियो । फ्रान्स एक्सचेन्जकी अपरेटर फ्रेन्च मात्र बोल्छे भनेर लन्डन एक्सचेन्जकी अपरेटर आफैँ दिक्क थिई । कसैको कुरा कसैले बुझिरहेको थिएन ।
राती करिब साढे दुई बजेतिर माथिल्लो तलामा कज्जनको फोन आयो । म दगुरेर माथि पुगेँ । यस पटक भने उसको स्वर स्पष्ट थियो, - “केन्डी आगामा जली ।”
“कहिले ?” - मेरा गोडामुनिको भूईँ काम्न थालेको थियो ।
“हैन आन्टी, आत्तिनु पर्दैन ... बिस्तारै ठीक हुँदैछे ।”
“कहिले जलेकी ?”
“बार्ह तारिकका दिन ।”
“बार्ह तारिकदेखि अहिलेसम्म किन नभनेको त ?” - मेरो स्वर रुन्चे हुँदै थियो ।
“उसले नभन्नु भनेकी थिई । 'आमाले पीर गर्नुहुन्छ, भनी' । त्यसैले ।”
“अहिले कहाँ छे त ऊ ?”
“अस्पतालमा । नडराउनु मम्मी, त्यस्तो डराउनु पर्ने केही छैन । ऊ ठीक हुँदैछे ।”
“तिमीले मलाई बोलाउनलाई फोन गरेको हो नि, हैन ?” मेरो रुवाइ निस्कियो ।
“तपाईँलाई आउन मन लाग्छ भने आए हुन्छ । हुन त ऊ ठीक हुँदैछे ।”
“कहाँ ? भिसी आउनु ?”
“होइन, म लाओबाट बोल्दैछु । हामीले उसलाई यहाँ ल्याएका छौँ ।”
“त्यसो भए पक्कै धेरै जलेको होला, है बावु ! नभए किन अर्को शहरमा लैजान्थ्यौ र ।”
“यहाँ एउटा स्पेसल अस्पताल छ । आगाले पोलेकाहरूको उपचार गर्ने । त्यसैले ।”
“म आउँछु । उसलाई भन्देऊ, म आउँदैछु ।”
फोन काटियो । अर्पणा र म दुवै रुँदैरुँदै आफ्ना बोलीलाई दुई ओठ बीच घोट्दै एक अर्कालाई समाउदै भर्याङ ओर्लिएर मुन्तिर आफ्ना कोठामा आयौँ ।
रात कसै गरी कटेन, गाडिएका काँडा मनबाट एक एक गर्दै निकाल्न मै बित्यो ।
भोलिपल्ट बिदा थियो । सारा अफिसहरू बन्द । त्यो पूरै दिन बिहान भालेको डाकदेखि भोलीपल्ट बिहानको राती साढे तीन बजेसम्म, हवाई जहाज फ्रान्सका लागि नउडुन्जेल म दिल्लीका निर्जन सडकहरूमा होसहवास गुमाएर भौतारिइरहेँ । मन्त्रीहरूका घर, रिजर्भ बैङ्कका हाकिमहरूका घर, फ्रान्सका राजदूतको घर र अरू पचासौँ ठाउँ ।
टाउकामा घरिघरि एउटै वाक्य घन्किरह्यो “उसलाई भन्देऊ, म आउँदैछु । केन्डी, म आउँदैछु । मलाई पर्खिरहनु, मेरी छोरी !
जाने बेलामा बेहोसीमै खै कसरी मैले सुखमनी साहिबको सानो हातेकिताब पनि बोकेकी रहेँछु । निकै भयो ईश्वरसँगको मेरो नाता मौन छ, जस्तो श्रीमान्-श्रीमती धेरै वर्ष सँगसँगै बसेपछि केवल मौनता बाँकी रहन्छ । जिन्दगीमा केही राम्रो भइहाल्यो भने ऊतिर हेरेर धन्यवादमा आँखा झुकाइदियो । र यदी नराम्रो भयो भने - जस्तो धेरजसो हुने गर्छ - ऊसँग रिसाइदियो । तिमीलाई मेरो चासो छैन भने लु त, म पनि बोल्दिनँ तिमीसँग ।
तर जीवनमा हुने नहुने जति नै उपद्रो भइरहेको भए पनि यस किसिमको केही कहिल्यै भएको थिएन, जसले गर्दा भूईँ हल्लिन थालोस् र उभिनका लागि कुनै रुखको वा भत्केको गार्होको वा हावा नै मात्रको भए पनि सहारा खोज्दै हातहरू छपटिन थालुन्, निःसहाय भएर ।
निरूपाय जित्तकै निरूपाय । अत्तिएको । सास घाँटीमै अड्किए जस्तो, कुनै दर्फर्याउने ढुङ्गाको डल्लो जसरी । मानौँ, समय सास रोकेर उभिइरहेछ । मानौँ, रातको कालो-शरीरभरि सयौँ हजारौँ डरलाग्दा नङ्ग्राहरू उम्रिएका छन् । मानौँ, कसैले करङमाथि कुनै गह्रौँ हलो थेचारिदिएको छ ।
जहाज रोकिएका ठाउँहरूमा बत्तीको झलिमिली हुन्थ्यो । मान्छेहरूको ओहोरदोहर । म सोच्दथेँ, “यी बत्तीहरूलाई थाहा छैन... यी मान्छेलाई थाहा छैन... नत्र भने सारा दुनियाँ सास फेर्न छोडेर ठिङ्ग उभिएको हुनेथ्यो ।”
सुखमनी साहिबको पाठ गर्ने कोशिश गरेँ । तर अक्षरहरू कहिले किनाराविहीन पानीमा घोलिन्थे, कहिले मरूभूमिका बालुवामा घस्रन थाल्थे । कहिले बस्दथे, कहिले उठ्दथे, कहिले हिँड्दथे र अक्षरहरूका भीडमा कतै हराउँथे अनि कुनै पनि अक्षर चिनिँदैन थिए ।
केन्डी एयर फ्रान्सको प्लेनमा चढेकी रातको, सत्ताईस मेको, सम्झना आउँथ्यो घरिघरि । त्यस बेलाको, जतिखेर उसले कालो सुट लगाएकी थिई ।
“हिँड्ने बेलामा किन कालो सुट लगाएकी” चित्त नबुझेर हाम्री छिमेकीले सोधेकी थिइन् ।
“थाहा छैन, हिजै गएर हतारहतार कालो कपडा लिएर आएकी हो । दर्जीलाई बढी ज्याला दिएर सिलाएकी चाँडो चाहिएकाले । आज बिहान मलाईसमेत लिएर बजार गएकी थिई । खोज्दाखोज्दा बल्लतल्ल यो रातो-पँहेलो पाटे राजस्थानी बर्को भेट्टिएको ।” मैले हाँस्दै भनेँ ।
“राम्री देखिएकी छ, है ?” मैले अर्पणासँग सहमति मागेँ ।
“यो त छे नै राम्री” अर्पणा उसलाई ज्यादै माया गर्थी, तर उसको ज्यादा प्रशंसा मात्र भइरह्यो भने कहिलेकाँही रिसाए झैँ पनि गर्थी ।
छम-छम गर्दै ऊ भित्र बाहिर गरिरहेकी थिई । आफ्ना लुगाफाटा मिलाउँदै ।
“साँची, हाउस कोट त यूनिभर्सिटीको होस्टल मै छुटेछ ।” उसले झट्ट सम्झेकी थिई ।
“मेरो लैजा ।”
“ओ छो छ्वीट ।” उसले मलाई अँगालो हालेकी थिई ।
कुरा कुरामा, केके बहानामा ऊ मलाई अँगालो हालिरहन्थी, मेरा मुखमा म्वाई खाइरहन्थी । म अलिकति पनि उदासजस्ती देखिएँ भने राती चुपचाप आएर मलाई अँगालो हालेर सुत्दथी, “मलाई निद्रै लागेन, तपाईँसँग सुतूँ ?” र आफूलाई निद्रा नलागेर हैन, मेरो अनुहारको मलीनताको कारणले ऊ मलाई अँगालो हालेर सुतेकी हो भन्ने मलाई थाह हुन्थ्यो ।
जान पनि ऊ विचित्रै गरी गएकी थिई । दुई माहिनाका लागि स्कलरसिप पाएकी थिई । फ्रान्स जानलाई । टिकट काटिसकेको थियो, उड्ने मिति हाल्न मात्र बाँकी थियो । पन्ध्र तारिकका दिन जानु पर्ने थियो । दिनहूँ मलाईसमेत लिएर एयर फ्रान्सको अफिस जान्थी । भोलिपल्टको उड्ने मितिलाई क्यान्सिल गराएर पर्सीपल्टको लागि सार्न लागाउँथी । र यसै गरीगरी एघार दिन बितेका थिए ।
“केन्डी, अचम्म छ । तेरो उमेरको कसैले बाहिर जाने मौका पायो भने त सास फेर्न पनि नभ्याई उडेरै जाने थियो । एक दिन पनि खेर फाल्ने थिएन । तैँले भने एघारएघार दिन त्यसै खेर फ्यालिसकिस् ।”- केही नलागेर मैले झर्किएरै भनेँ ।
“म किन जाँदै छुइनँ, तपाईँलाई त्यति पनि थहा छैन ?” उसले मलाई लाडिएर अँगालो हाली । “तपाईँ पनि मसगैँ हिँड्नु न, अनि जान्छु ।”
“मोरी ! ल, ल, तँ एकपल्ट बाटो त हेरेर आइज ! अनि तीनैजना एकैपल्ट जाउँला । तँ हाम्रो गाइड बन्नू । कसो अर्पणा ?” - मैले उसका काला रेसमी केशलाई चलाउँदै भनेँ ।
“नाँई, मलाई तपाईँसँग छुट्टिएर जानै मन छैन ।” - र ऊ केटाकेटीझैँ हुप्प परी । “पागल होस् तँ त । यति राम्रो मौका कसैले छोड्छ ? अब त डेडै महिना मात्र त बाँकी छ नि । पन्ध्र दिन त आमाको वरिपरि घुमेरै खेर फ्यालिसकिस् तैँले । अब तुरुन्तै दौडिहाल् ।”
“ल त अठ्ठाईस तारिक जान्छु ।”
“लौ खा, अठ्ठाईस तारिकमा त मैले ती हङ्गेरियन लेखकहरूलाई बोलाएकी छु । तँलाई एयरपोर्ट कसरी पुर्याउनु ?”
“ल... फ्रान्स एक्लै पठाउँदै हुनुहुन्छ, अनि म एयरपोर्टसम्म चाहिँ एक्लै जान सक्तिनँ त ?”
“सक्तिनस्, सक्दै सक्तिनस् । तँ अब उनन्तीसमा जानू ।”
तर तीस तारिकसम्ममा नपुग्ने विद्यार्थीको स्कलरसिप रद्द हुन्छ भन्ने कतैबाट थाह पाइछ । त्यसैले उसले एक दिन अगाडिको, अर्थात् सत्ताईस तारिकको उडान बुक गराई ।
कालो सुट, त्यसमाथि राजस्थानी मखमलको रातो-पहेँलो पाटे बर्को, फुर्को भएको टोपी, निधारमा सिन्दूरको गोलो टीको, महको बटुकोजस्तो मुख, जूनका कचौराजस्ता आँखा, पाउमा पाउजू, गलामा चाँदीको मोटो सिक्री । मेरो सास गर्वले छातीभरि फैलिन्थ्यो, छातीको नापभन्दा पनि ठूलो भएर ।
त्यो यात्रा जति लामो थियो, यहाँबाट फ्रेङ्फर्ट र फ्रेङ्फर्टबाट पेरिस, त्यति लामो यात्रा कहिल्यै कसैले गरेको थिएन होला । त्यो यात्रा दिन र रातको परिधि पार गरेर असीम समयमा फैलिएको थियो । रोकिएको बूढो समय कुनै जुक्तीले पनि हिँड्न सकिरहेको थिएन ।
त्यो यात्रा असीमतादेखि असीमतासम्मको यात्रा थियो । कहिल्यै सकिँदैन जस्तो लाग्दथ्यो ।
पेरिस एयरपोर्टमा एक जना मानिस मलाई खोज्दै थिए । पन्ध्र तारिक कै दिन दिल्लीका मेरा एक जना मित्र कमल बख्सीले पेरिसमा भारतीय दूतावासमा फोन गरिदिएका रहेछन् र ती, दूतावासका अधिकृत मलाई ढाडस दिन र लिओ जाने प्लेनमा चडाउन त्यहाँ आएका रहेछन् ।
तर तिनीसँग भेट हुनुअघि म दूतावासमा फोन गर्न कोशिश गर्दागर्दा आजीत भइसकेकी थिएँ । त्यहाँ कहाँनिर डलर साटिन्छ भन्ने थाह हुन सकिरहेको थिएन । एक ठाउँमा फोन देखेँ, सायद त्यो लुफ्थान्जाको नै अफिस थियो, र म त्यसैको यात्रु थिएँ, तर त्यहाँ ड्यूटीमा एक फ्रेन्च मानिस थिए । उनी मेरो कुरो बुझरहेका थिएनन् । डाइरेक्टरीमा हेरिहेरेँ, तर त्यो पनि फ्रेन्चमा नै थियो ।
अताल्लिएर होस गुमाएकी म कोसौँमा फैलिएको एयरपोर्टमा भौँतारिइरहेकी थिएँ, ती मानिस आएर मेरो नाम सोधे ।
यस्तो कठीन बेलामा पनि कुनै एउटा सानो कुराले जुन सानो राहत दिन्छ, त्यो अचम्म लाग्दै हुन्छ । दूतावासका प्रथम सचिव दिलावरी त्यही दिन बिहान लिओ जानु भएको, र वहाँ त्यहीँ हुनुभएको, उनले सुनाए ।
“किन र, त्यस्तो पल्लैछेउ छे ?” - म झन सारो आत्तिएँ ।
“हैन हैन, आज बिहान दिल्लीबाट कमल बख्सीले फोन गर्नु भएथ्यो, एक्स्टर्नल अफेयर मन्त्रालयबाट । वहाँले नानीको हेरबिचार गरिदिनू भनेर व्यक्तिगत आग्रह गर्नु भएको थियो । त्यसैले राजदूत सरले दिलावरी सरलाई पठाउनु भएको ।”
“अहिले कस्तो छ, केही थाह छ ?”
“हेर्नुस्, बार्ह तारिक एक्सिडेन्ट भएको हो । आज सोर्ह भयो । अहिलेसम्म ठीकै छ भने ईश्वरले निको पार्छन् भन्नुपर्छ”
“निको पार्नै पर्छ ईश्वरले” - मेरो अन्तरले पूरा दृढताका साथ भन्यो ।
उनी मलाई लिओ जाने प्लेनको काउन्टरसम्म पुर्याएर फर्किए ।
प्लेन उड्न अझै दुई घन्टा बाकीँ थियो । म बेन्चमा बसेकी थिएँ । गोडाहरूलाई ठाडो उभिने आँट थिएन । तर मन भने कुनै बौलाएको जनावर जसरी जथाभाबी दगुरिरहेको थियो । यताबाट उता । र त्यो जङ्गलबाट बाहिर निस्कने कुनै बाटो थिएन । जुन जङ्गलमा मन बेसुरले बौलाहाजस्तो दौडिरहेको छ, त्यस जङ्गलमा पनि आगो लागिरहेको छ र बाहिर उम्कने कुनै बाटो छैन जस्तो लागिरह्यो ।
फ्लाइट एनाउन्स भयो । जहाज चडेर सिटमा बसेँ । हवाईजहाज लिओमा अवतरण भयो । कज्जन र एकजना अग्ला, मोटा सरदार मलाई पर्खिरहेका थिए ।
कज्जनले निहुरिएर मेरा गोडा छोयो ।
“वहाँ दिलावरी सर हुनुहुन्छ ।” - उसले मलाई चिनायो ।
“केन्डीको अवस्था कस्तो छ ?”
“वाहेगुरुले निको पार्नुहुन्छ ।” - दिलावरीले भने । उनको स्वर सन्तुलित थियो । मलाई केही ढाडस भयो ।
“केही त्यस्तो खतरा त छैन नि ?”
“वाहेगुरुको प्रार्थना गर्नुहोस् ।”- मेरो सानो बाकस उचाल्दै उनले भने । मेरा गोडाहरूबाट जीवन भागे झैँ भयो । कज्जनका हातको सहारा लिएर उसको कुममा टाउको अड्याएँ मैले । मानौँ, सम्पूर्ण यात्राभरि गुम्सिएको रुवाइ छाती भत्काएर बाहिर बग्यो ।
“वाहेगुरु भन्नुस्, हजुर ।” - दिलावरी मलाई सान्त्वना दिन खोजिरहेका थिए ।
“पहिले यी सामान थन्क्याऔँ ?”
“हैन, पहिले मलाई मेरी छोरीसँग भेटाइदिनुस् ।”
अस्पताल । सेतो युद्धकिल्ला जस्तै अग्लो भवन । बाहिर एउटै पनि मान्छे देखिँदैन थियो । डरलाग्दो नीरवता । भर्याङ उक्लिँदा कुनै खण्डहरको भर्याङ उक्लिरहेझैँ लागिरह्यो ।
माथि एउटा सानो लबी थियो, भर्याङ कै लबी । चार-पाँच वा जति पनि ढोका त्यस लबी वरिपरि थिए, सबै बन्द थिए । भित्रबाट ।
अगाडिपिट्टको भित्तामा एउटा फोन राखिएको थियो । त्यसको रिसिभर समातेर कज्जनले माउथपिसमा फ्रेन्चमा केके भन्यो । र फोन राखिदियो ।
छेउमा एउटा सानो बेन्च थियो । हामी तीनैजना केही नबोली त्यही बेन्चमा बस्यौँ ।
आधा घन्टा बित्यो । कुनै ढोका खुलेनन् ।
कज्जनले फेरि त्यही फोनको माउथपिसमा केही भन्यो - फ्रेन्चमा । बिन्ति गरेको जसरी । उसले घरिघरि दोहोर्याउने एउटा शब्द चाहिँ केही बुझिन्थ्यो, “मर्सी” ।
युगौँ जित्तको लामो अन्तराल पछि एउटा ढोका खुल्न त खुल्यो तर माथिल्लो भाग मात्र । झ्याल खुले जसरी । सेतो कोट लागाएको एउटा मान्छे । सायद डाक्टर थियो । कज्जनले छेउमा गएर उसलाई बुझाउन खोज्यो, हातले घरिघरि मतिर देखाउँदै । “उसकी आमा आउनु भएको छ, यस बेला भेटने समय हैन भनेर त हामीलाई थाह छ । तर वहाँ त्यति टाढाबाट आउनु भएको छ । आफ्नी छोरीलाई एकपल्ट हेर्न चाहनु हुन्छ । कृपा गर्नुस् ।” भन्दै थियो होला ।
त्यो डाक्टरले चुपलागेर सुनिरह्यो मात्र । केही बोलेन । झ्याललाई फेरि उस्तै गरी बन्द गर्यो र गयो ।
एउटा अर्को युगपछि छेउतिरको ढोका खुल्यो । कोही पनि देखिएन । ढोका मात्र खुल्यो ।
कज्जनले मलाई हातमा समाएर उभ्यायो । दिलावरी, म र कज्जन त्यस ढोकाबाट भित्रियौँ । त्यो एउटा कोरिडोर थियो । देब्रेतिर वारपार नदेखिने खालका बाक्ला ओपेक सिसाहरू, र दाहिनेतिर लस्करै कोठाहरू । तिनलाई त्यो कोरिडोरबाट छुट्टयाउनका लागि सिसा लागेका ठूला-ठूला झ्यालहरू थिए र ती झ्यालहरू भित्रबाट बन्द गरिएका थिए ।
पाँच-सात कोठा छिचोलेपछि ... हामी एक्कासी टक्क अडियौँ । सिधा पर्तिरपिट्ट केन्डी थिई । काँचको पर्खाल पारिपट्टी । खाटमा सुतिरहेकी, लमतन्न । उस्तै राम्री । भर्भराउँदो अनुहार । टल्किरहेका, जुनका कचौरा झैं आँखा, कुँदिएकाझैँ लाग्ने नाकमा हीराको फूली । कालो रेसमी केश सिरानेमा फिँजिएको ।
“केन्डी !” - मैले बोलाएँ ।
कज्जनले काठको भित्तामा टाँगिराखेको टेलिफोनको रिसिभर उठाएर मलाई दियो । केन्डी मतिर हेरेर मुस्काइरहेकी थिई ।
उता भित्रतिर उसकी नर्सले टेलिफोनको एउटा सानो रिसिभर उसको कानमा अड्याइदिई ।
“केन्डलू, के छ मेरी छोरी ।”
“अबुई, तपाईँ कसरी आइपुग्नु भो ? म एकदम ठीक छु अम्मी,”
“मैले थाहा पाएकी थिएँ । मेरी छोरी बिरामी भई भनेर, अनि कुदेर आइपुगेँ” - म ठूलो बहादुरीका साथ आँसु लुकाइरहेकी थिएँ । बोलीमा मुस्कान थपिरहेथेँ । बोलीका काँधमा दुवै हातले समातेर त्यसलाई लर्बराउन दिइरहेकी थिइनँ ।
“के कज्जनले तपाईलाई फोन गर्यो ? 'अम्मीलाई नभन्नु पीर गर्नुहुन्छ' भनेकी थिएँ, मैले उसलाई । अब त निको भै हाल्छ ।”
“मलाई थाह छ, तिमीलाई निको हुन्छ । त्यसैले त आएकी । अनि हामी कताकता घुम्न जानु पर्छ है ।”
“कता कता ?” ऊ मुस्काइरहेकी थिई । उसको स्वरमा विश्वास थियो । उत्साह थियो, स्नेह थियो, सान्त्वना थियो । आमा आउनु भएको छ, अब सबै ठीक हुन्छ ।
“तिमीलाई जहाँ जहाँ जान मन लाग्छ ।”
“म त फर्किदै थिएँ । ग्रिस हुँदै फर्किन लागेकी थिएँ ।”
''’फर्किदै थिएँ ?’ कसैले मेरो आन्द्रा लुछे झैँ लाग्यो ।
“ग्रीस जाऔँला त्यसो भए ।”
“हैन, अब ग्रीस नजाने”
“अनि ?”
“लन्डन जाऔँ ।”
“ल त लन्डन जाने । तिमी चाँडै निको होऊ । म तिम्राछेउमा बसेकी छु । तिमीसँगै तिमीलाई बोकेर ।”
“तर यिनीहरूले त तपाईँलाई म भए ठाउँमा आउन दिँदैनन् । काखमा टाउको राख्न दिदैनन् ।” ऊ उदास देखिई ।
“एक दुई दिन कै त कुरो हो । त्यसपछि हामी दुई अँगालो हालेर दिनभरि सुतौँला । रात-रात भरि अनि त तिमी चाँडो चाँडो निको हुन्छ्यौ ।”
“तर लन्डनको भिसा ?”
“भिसा सिसा जेजे चाहिन्छ सब वहाँ दिलावरी सरले मिलाइदिआल्नु हुन्छ नि । तिमी चिन्ता नगर । “ तिमीलाई थाहा छ, वहाँलाई कसले फोन गरेथ्यो ? कमल बख्सीले गर्नु भएथ्यो ।
“तपाईँ मसँगै बस्नु हुन्छ नि हैन ?”
“बस्छु तिमीसँगै बस्छु, मेरी रानी छोरी, रातदिन यहाँ तिम्रो छेउमा बसिरहन्छु ।”
त्यतिन्जेलमा उसकी नर्सले ऊसित खै के भनी ऊ उदास देखिई “अम्मी तपाईले खाना खानु भयो कि खानु भएको छैन ? एक छिन फोन कज्जनलाई दिनु त ।”
मैले फोन कज्जनलाई दिएँ । कज्जनले उसँग फ्रेन्चमा कुरा गर्दागर्दै कोरिडोरको ढोकाको छेउमा त्यही सेतो कोट लगाएको डाक्टर देखापर्यो । हामीलाई बाहिर जानु भनेर हातले इसारा गर्दै थियो ।
कज्जनले भन्यो ‘जौँ अम्मी; “पहिले मेरी आमालाई खाना ख्वाऊ, अनि सुत्ने व्यवस्था मिलाउनू, गलेर आउनु भएको छ, यति टाढाबाट” भन्दैछे केन्डी ।’
“किन ? राती मैले यहाँ कौसीमा बस्न मिल्दैन र ?”
“के गर्नु हुन्छ र बसेर मात्र ?” दिलावरीले भन्नु भयो ।
“आफ्नी छोरीको छेउमा हुन्छु । उसलाई सान्त्वना हुन्छ , आफूलाई पनि सन्तोष हुन्छ ।”
“हुँदैन, त्यो डाक्टर रिसाउँछ । भित्रकी नर्स पनि रिसाउँदै थिई । यिनीहरू रिसाए भने हामीलाई राम्रो हुँदैन ।” कज्जनले विरित्तएको स्वरमा भन्यो ।
“अस्पतालका कुनै पनि नियम उलङ्घन नगर्नू । हामीलाई तिनीहरूको सहयोग चाहिन्छ ।” दिलावरीले भने ।
मैले केन्डीलाई हेर्दै हात हल्लाएँ । एकदमै विवशतामा । ऊ मुस्काएझैँ गरी । उसका चम्मर जस्ता परेलाहरू थरर्र कामे ।
हामी तीनै जना त्यहाँबाट बाहिर निस्कियौँ । दिलावरी भन्दै थिए - “तपाईँलाई ज्यादै अत्यास लागको भए कज्जनले तपाईँको बस्ने व्यवस्था मिलाएको ठाँउमा म पनि गइदिन्छु । उसो त म एउटा होटेलमा बस्दैछु ।”
“होइन होइन त्यस्तो पर्दैन ।” मैले भनेँ ।
“भन्नु हुन्छ भने म पनि सँगै गएर सुखमनी साहिब पाठ गरेर सुनाउँछु ।”
“होस् , मनै लागको छैन ।”
“उही एउटाको भरोसा छ ।” दिलावरीले सुस्केरा हालेर भने ।
अब अरु कसैको भर रहेन । भरोसा दिइराख ईश्वर ! यसबेला तिम्रै आड चाहिएको छ ।
“त्यस्तो ठूलो खतरा त छैन नी ?” मैले डराएर दिलावरी लाई सोधेँ ।
“तपाईँ अब सबै ईश्वरको जिम्मामा छोडिदिनुस् । उसैलाई थाहा छ, के गर्नु ठीक हुन्छ भनेर ।”
“के भन्न खोज्नु भएको ? यसबेला ऊ निको हुनुपर्छ भन्ने एउटा कुरो मात्र ठीक छ, कसै गरी, त्यित्त हो ।”
“तपाईँको बुझाइमा त यो ठीक हो । उसको बुझाइमा के ठीक छ भनेर हामी कसरी भन्न सक्छौँ र ! कुरो के भने, उनी ठीक नै भइन् भने पनि के थाह उनका हात नचल्ने हुन्छन् कि वा गोडा थिग्रिँदैनन् कि । तपाई नै भन्नुस्, त्यस्तो भयो भने के उनी बाँच्न चाहन्छिन् होला ? र तपाईँ उनलाई बँचाएरै पनि के नै गर्नुहुन्छ ?
त्यस पछि भने म एकदमै डराएँ । वरिपरिको हावा थर्किने गरी काँमे । “पक्का पनि तपार्ईँ मसँग केही कुरा लुकाइरहनु भएको छ । मलाई भन्नुस त, आज बिहान तपाईँ यहाँ आएपछि डाक्टरले के भन्यो ?”
“साच्चै भन्नु पर्दा, उनी निक्कै धेरै जलेकी छन् ।”
“तपाईँले उसको अनुहार देख्नु भएन ? उसका आँखा ? त्यस्तो खास ठूलो केही भएको छ जस्तो त लाग्दिन त ।” मेरो मुटु कामिरहेको थियो, बोली हराइरहेको थियो; तर म आफ्ना शब्दहरूसँग, दिलावरीसँग र कज्जनसँग पनि ; एउटा सानो विश्वास, आशाको एउटा काँचो धागो विन्ती गरिगरिकन मागिरहेझैँ गरिरहेथेँ ।
“उसको बहादुरी देखेर त हामी सबै हक्क परिरहेछौँ । यी नानी त बधिनी जित्तकै रैछिन् । तर डाक्टरले पनि के नै गर्न सक्छन् र ! थर्ड डिग्रीको बर्न भएको छ ।”
“यो थर्ड डिग्री भनेको के हो ?” मलाई फाँसीको सजाय सुनाइरहेजस्तै गरी अित्तएर सोधेँ मैले ।
“तपाईँ वाहेगुरुको नाम जप्नुस् । एउटा उसैको भर छ । मनमा नराम्रा कुरा नखेलाउनुस् यसबेला । बरू भन्नु हुन्छ भने म यहाँ बसेर सुखमनी साहिवको पाठ सुनाउँछु; हुन्छ ?”
“पर्दैन, होस् । तपाई बिहानैदेखि आएर बस्नु भएको छ । गएर आराम गर्नुस् । बिहान सुनुँला ।” केही नलागेर मैले भनेँ, सातै बाजी हारेर, आफैँलाई समेत हारेर । त्यसपछि दिलावरी आफू बस्ने होटल फर्किए ।
कज्जनले मलाई एउटा स्टुडेन्टस् होस्टलमा लग्यो । उसले मेरा लागि कोठा त्यहीँ रिजर्भ गराएको रहेछ । उ आफैँ पनि त्यहीँ नै बस्दै आएको रहेछ ।
कज्जनले सोध्यो “के खाने अम्मी ?”
“अहँ, केही खान पनि मन छैन ।” मानौँ म पूरै निढाल भएकी थिएँ । मानौँ बिरानो थकाइले मेरा अङ्गहरूलाई पूरै निर्जीव बनाई दिएको थियो ।
“ त्यसो भए म पनि केही खान्न ।” कज्जनले निर्णय सुनायो ।
“ हैन प्लीज मलाई कर नगर, तिमी केही खाऊ ।”
“ त्यसो भए एक एक कप कफी खाऔँ त ।”
“ हुन्छ त, लिएर आऊ”
उ गयो र कागजका दुई कपमा कफी लिएर आयो ।
“ यस्तो भयो चैं कसरी कज्जन ?”
“ अस्तीको हप्ता आएकी हो पेरिसबाट । “ कज्जनको स्वर आँसुले भिजेको थियो । “ एक दुई दिन पछि हामी ग्रिस जान लागेका थियौं । तेह्र तारिकका दिन यहाँबाट हिँड्नु पर्ने थियो । चौधमा उसको स्कलरसिप सकिने थियो । निक्कै नै अप्ठ्यारो गरी ग्रिसको भिसा पाइएको थियो, त्यहाँ राजनैतिक गन्जागोल भएकोले ।”
“ त्यस्तो हुँदा हुँदै किन त्यहाँ जान लाग्या थियौं त ?”
‘एउटा कुक छ, भिसीको ऊ बस्ने होस्टेलको क्यान्टिनमा काम गर्ने । त्यो मेरो पनि साथी नै हो । उसले “ ग्रिसमा केके भइरहेको छ । बुढा बाआमा त्यहीँ छन्, चिट्ठी, टेलिग्राफ केही पनि आउने जाने भइरहेको छैन” भन्यो । त्यति सुन्ने बित्तिकै केन्डीले “तिमी चिन्ता नगर, म घर फर्किँदा त्यतैबाट जान्छु र वहाँहरूको चिट्ठी लगेर भारतबाट तिमीलाई पोष्ट गरिदिन्छु” भनी । यो एक्सिडेन्ट भएको दिन म विहान आफ्नो काममा गएको थिएँ । दिउँसो तीन बजे तिर फर्किएँ । ऊ आफ्नो कोठामा सामान मिलाउँदै थिई । मैले “खाना खायौ ?” भनेर सोधेँ । उसले “खाएकी छैन, म त बिहानैदेखि अम्मीलाई चिठी लेखिरहेकी थिएँ, त्यसपछि सामान मिलाउन थालेँ । खाने भन्ने त सम्झिँदैसम्झिनछु” भनी । मैले “लठ्ठक, तिम्रो चिठी पहिले पुग्छ कि तिमी ?” भनेर जिस्क्याँए र “कुनै क्याफेमा गएर केही खाएर आऔँ अनि सामान मिलाउँला” भनेँ । “मैले त नुहाएकी पनि छुइनँ । मैले यो मटर र गोलभेडा राखेकी छु । मलाई आज आाखिरी दिन आफैँले बनाएको दिल्लीको घरको जस्तो मटर बनाएर तिमीलाई खुवाउन मन लागको छ”, भनी । मैले “मटर सटरको कुरा छोड्देऊ, त्यो स्टोभमा कफीको लागि पानी बसाऊ, म बजार गएर केही खानेकुरा ल्याउँछु” भनेँ । म फर्किँदा फायर ब्रिगेडको गाडी रोकिइरहेको थियो । भीड थुप्रिएको थियो । उसको कोठा तेस्रो तलामा थियो तर ऊ पहिलो तलाको भर्याङमा लडिरहेकी थिई र “ओढ्ने देओ !” भनेर कराइरहेकी थिई । उसका सबै लुगा जलिसकेका थिए । फायर ब्रिगेडका मान्छेलाई हकारिरहेकी थिई, “तिमीहरूलाई लाज लाग्नु पर्ने, मेरो पासपोर्टका बारेमा सोधिरहेछौ ?पहिले मलाई लुगा ल्याइदेओ, म नाङ्गै छु ।” भनेर । मैले कुद्दै गएर ओड्ने ल्याएँ । उसलाई बेरेँ । एम्बुलेन्समा अस्पताल लगेँ । तिनीहरूले प्राथमिक उपचार गरे र भने, “निक्कै धेरै जलेको छ, यसको उपचार हाम्रो सामथर्यभन्दा बाहिर छ, लिओ लैजानुस, त्यहाँ स्पेशल अस्पताल छ, त्यहीँ राम्रो उपचार हुन्छ ।” त्यसैले हेलिकप्टरमा लियो ल्याएँ । हेलिकप्टरमा स्टेचर राख्दै गर्दा “मेरी आमालाई नसुनाउनु है म ठीक भएपछि आफै सुनाउँछु” भनी । तर डाक्टरहरूले....’ कज्जनले आँखा झुकायो, एक छिन अडियो ।
गलामा अड्केको मेरो सास झर्न थालेझै भयो । उसले बिस्तारै भन्यो, “ अनि मैले अाित्तएर तपाईँलाई फोन गरेँ ।” मेरो घुँडामा टाउको राखेर ऊ डाको छोडेर रोयो ।
मैले आफूलाई मुस्किलले थामेँ । यो विचरा केटाकेटी नै त हो । मेरा घुँडामा टाउको अड्याएर रोइरहेको थियो । र मेरी केन्डी कति धेरै माया गर्थी उसलाई । कति प्यारी साथी थिई यसकी । मलाई ऊ प्रति ममता पलायो । मैले उसको टाउको उठाएर उसका आँसु पुछिदिएँ ।
“ सब ठीक हुन्छ । अब त म आएकी छु नी ! केन्डीलाई ठीक हुन्छ । तिमीले देखेनौ ? मलाई पीर नहोस् भन्नाकै लागि पनि ऊ आफ्नो ईच्छाशक्तिले ठीक हुन्छे ।” ऊ एकछिनपछि आफ्नो कोठामा गयो ।
भोलीपल्ट दिलावरी फर्किए ।
दिनभर कज्जन र म त्यो सेतो किल्लाजस्तो अस्पतालको सङ्घारमा बसिरह्यौं । बिहान नौ बजे, पाँच मिनेट; र साँझमा पाँच मिनेट केन्डीसँग भेट्न दिए तिनीहरूले, टाढाबाट मात्र । शीशाको पर्खालको ओल्लोपट्टीबाट । टेलिफोनमा ।
“ तपाईँले खाना खानु भयो ? ओछ्यान राम्रो थियो ? न्याना लुगा ल्याउनु भएको छ नी ? राती निदाउनु भयो ?” केन्डीले स-साना कुरा सोधिरही ।
मैले उसलाई सोध्धैसोधिनँ- यस्तो कसरी भयो मेरी छोरी ? आगो कसरी सल्कियो मेरी केन्डलू ? पोलिरहेछ ? मेरी रानीलाई कहाँकहाँ पोल्छ ?, तिमीलाई यिनीहरू केके खान दिन्छन् ? तिमीलाई कुनै अप्ठ्यारो भएको त छैन ?
त्यो सारा भयानक दुर्घटना उसले नसम्झिओस् भन्ने सोचिरहेँ । उडेर भाग्न लागेका यी मसँग कुरा गरिरहेका दुई पलहरूमा कम से कम उसले ती अगाका लप्काहरूलाई बिर्सिओस् ।
तर ऊ जति विश्वासका साथ कुरा गर्थी, त्यस्तो अविचलित, त्यस्तो मुस्कुराहट, के भन्नु ? मलाई कतै लाग्दै लाग्दैन थियो, उसलाई कुनै कष्ट भएरहेछ भनेर ।
यसको गोडा वा घुँडातिर कतै जलेको होला, आरामले सुतेकी छे जस्तो लग्दथ्यो । निको हुन्छ भोली नभए पर्सी । अनि हामीसँगै घुम्न जानेछौँ । मीठामीठा ठट्यौला कुरा गर्छौँ, कफी खान्छौँ घाम ताप्छौँ म्यूजिक सुन्छौँ । र फेरि अर्पणा भए ठाउँ फर्किन्छौँ ।
“ हामी थुप्रै घुमफिर गरेर डली भए ठाउँ फर्कौँला । - मैले उसलाई भनेँ । अर्पणालाई घरमा माया गरेर बोलाउने नाम डोली थियो ।
“ हैन अम्मी, डलीलाई पनि यहीँ बोलाऔँला । एक्लै के गरे बस्छे ?”
साँझमा भेट्न जाँदा भनी- “अम्मी तपाईँले हिजो पनि यही साडी लगाउनु भएको थियो, बिहान पनि यही । किन ? अरू ल्याउनुभएको छैन ?”
मेरा आँसुको बाढी आयो । तिनलाई घुटुक्क पारेर मैले भनेँ, “ ए, फेरूँ भन्दै थिएँ बिर्सेँछु ।” “आएदेखि न मुख धोएकी छु, न नुहाएकी छु, न केही खाएकी छु न लुगा फेरेकी छु” भनेर कसरी भन्नू ?
ईश्वरसँग घरिघरि प्रार्थना यही गरिरहेकी छु; “तिमीले देखिरहेका छौ, मैले यत्रो वर्षमा कुनै अपराध पनि गरेकी छुइनँ , कुनै चरीको पनि मन दुखाएकी छुइनँ, जानीजानी त कसैगरी दुखाएकी छुइनँ, कतै नजानी वा थाह नपाई कसैलाई चोट पुगेको भए वा मबाट कुनै अपराध भएको भए पनि तिमी मेरी फूलजस्ती छोरीसँग प्रतिशोध नलिनु भगवान ! सजाय मैलाई दिनु, न्याय गर्नु । हुनसक्छ भने कृपा गर्नु । क्षमा गरिदेऊ मित्र ! जति सजाय दियौ त्यही मनग्ये छ । बाँकी सबै माफ गरिदेऊ । मेरी छोरीलाई निको पार्देऊ ।”
यसले आउदो छब्बिस नोभेम्बरमा उन्नाइस वर्ष पूरा गर्नु छ । पौनै उन्नाइस पनि कुनै उमेर हो र यस किसिमको यातनाको लागि ? यो त खानेखेल्ने उमेर हो । त्यसमा पनि तिमीलाई थाहै छ । वाल्यकालभरि यसले आमाको गरीबी भोगेकी छे, बाउको रिस र घृणा देखेकी छे भनेर । भर्खर त हामी केही थिग्रिएका छौँ, भर्खर त हामीले पेटभरी खान थाल्या छौं । भर्खर त हामीले साँझमा बसेर म्यूजिक सुन्न थाल्या छौं, भर्खर त हामी सँगै बसेर किताबहरूका बारेमा चर्चा गर्न लायक भएका छौं । भर्खर त हामी भूईँबाट अलिकति माथि उक्लिएर हिँड्न थालेका थियौं । तीनै जना सँगसँगै भएकाले, र तीनै जना अन्तरङ्ग साथी भएकाले ।
दुई छोरीसँगको मित्रताको न्यानाले भर्खर त मेरो आङ्ग आङ्गमा गाडिएको चिसो पग्लिँदै थियो, मेरो विधता ! हाम्रो विछोड नगराऊ ! मैले कहीँ कतै, कुनै राम्रो काम गरेकी छु भने त्यस वापत यस क्षण मेरी छोरीलाई मद्दत गर ! कृपालु छौ तिमी त! कृपा गर ।
र फेरि भित्रबाट मानौँ संस्कारकै कुनै स्वर आउँथ्योः- उसले चाहेदेखि लुलो-लङ्गडोले पनि हिमाल चढ्छ, उसले चाहे अन्धाले आँखा देख्ने मात्र हैन सारा ब्रह्माण्डकै ज्ञान पाउँछ । उसले चाहे समुद्रमा थल हुन्छ र थल अथाह पानीले भरिन्छ, उसले चाहे...
उसले उदास भएर भनी, “मलाई निको हुन कम्तिमा दुई महिना लाग्छ जस्तो छ । मैले नर्सलाई साधेकी थिएँ, दुई महिना जति लाग्छ भन्थी ऊ । तपाईँ दुई महिनासम्म कहाँ बस्नुहुन्छ ? त्यत्रा दिनको लागि चाहिने पैसा कहाँबाट जुटाउनु हुन्छ ?”
“ यति सानो कुरामा तिमी चिन्ता नगर केन्डी, सबै मिलाएर आएकी छु । तिम्रो मामा जसविरले लन्डन, अमेरिका सबैतिरका साथीहरूलाई चिट्ठी लेखिदिएको छ । जति पैसा चाहिए पनि तुरुन्तै आइहाल्छ । अनि हाम्रो दूतावासले फन्ड एक्सेचेन्जको व्यवस्था मिलाउँछ अरे ।” उसलाई सान्त्वना दिनको लागि म ढाँटिरहेकी थिएँ ।
“ ए, त्यसो भए त ! एकपल्ट कज्जनसँग कुरा गराइदिनु न ।”
मैले फोन कज्जनलाई दिएँ । उनीहरू फ्रेन्च मै कुरा गरिरहे । मैले केही बुिझनँ । ऊ नर्ससँग मुस्काई । नर्सलाई उसले खै के भनी, नर्स पनि मुसुस्क हाँसी । मैले कज्जनलाई सोधेँ, “ नर्सलाई के भन्दै थिई ?”
“ तेरा आँखा कति राम्रा छन्, मेरी आमाका पनि राम्रा छन नि हैन ? भन्दै थिई ।” आँसु राकेर हामी बाहिर निस्कियौँ । पाँच मिनेट सकिएको थियो । बाहिरपट्टी त्यो डाक्टर उघि्रएको झ्याल निर उभिएको थियो, र रिसाइरहेको थियो । त्यसले कज्जनसँग फ्रेन्चमा खै के भन्यो । हकारे जसरी, कज्जन उसलाई कुरा बुझाउँदे थियौं, हुन सक्छ माफ माग्दै थियो ।
“ के भयो कज्जन ?” मैले विस्तारो सोधेँ ।
“ हामी किन उसलाई दुअख दिइरहेको छौं ? बोल्न उसका लागि राम्रो हुँदैन, एक्साइटमेन्टले पनि खराव गर्छ, भन्दै थियो ।”
“ किन र ? ऊ त निकी हुँदैछे ।”
कज्जनले मेरो कुरालाई अनुवाद गरेर उसलाई बुझायो । डाक्टर ठूलो स्वरमा करायो “हैन, हैन” भने जसरी - र फेरि
“ के भन्छ ?” मैले कज्जनलाई सोधेँ ।
“उसलाई धेरै गाह्रो हुन्छ बोल्दा । ऊ तपाईँहरूलाई भन्दिनँ । बहादुरी साथ गफ गरिरहन्छे तर उसलाई धेरै नै पोलिरहेको हुन्छ ।” भन्छ । ‘
“ तर...” म छक्क परिरहेकी थिएँ । लाचारी, बुझ्नै नसकिने लाचारीमा रोइरहेकी थिएँ । मानौँ मेरो विश्वास डगमगाइरहेको थियो । “तर किन ?” ऊ त केही नभएको जस्ती देखिन्छे कति जलेको छ उसको ?” मैले डराईडराई सोधेँ ।
कज्जन मेरो कुरा डाक्टरलाई र डाक्टरको कुरा मलाई अनुवाद गरेर अथर्याइरहेको थियो । अत्यन्त मलिन, मरिसकेको बोलीमा, “गोडादेखि घाँटीसम्म पुरै जलेको छ । र जलाइ धेरै नै भित्रसम्म पुगेको छ । त्यित्त धेरै नयाँ छाला फेरि पलाउनै सक्दैन भन्छन् यी ।”
“मेरो छाला उघारेर लगाइदेओ न उसलाई । प्लास्टिक सर्जरी हुन सक्दैन ?” कुनै केटाकेटीको मूर्खतामा हाँसे जसरी हाँस्यो डाक्टर ।
“ किन हुँदैन ? म केही नगरी सुतिरहन्छु । तपाईँ अलिअलि गर्दै खुट्टाको, हातको, पिठ्यूको, पेटको, छाला निकालेर उसकोमा जोड्दै जानु । मेरो पनि बिस्तारै नयाँ पलाउँदै जान्छ । उसको शरीरले मेरो छाला पक्कै ग्रंहण गर्छ । आखिर उसलाई मैले मेरो रगत र मासुबाट बनाएर जन्माएकी हुँ । उसको शरीरमा मेरो छाला किन मिल्दैन ? कति समय लाग्छ ? दुई महिना ? चार महिना ? छ महिना ? जति लागे पनि मलाई स्वीकार्य छ । म हलचल नगरी सुतिरहुलाँ ।” म डाक्टरसँग विन्ति गर्दै थिएँ । रोइरहेकी थिएँ । दुई हात अगाडि उभिएकी थिएँ । ऊ उभेको झ्यालको चौकासमा टाउको राखेर ढोगिरहेकी थिएँ ।
डाक्टर भित्र फर्कियो । कज्जनले भन्यो, “ पहिले जलेको ठीक होस् त्यसपछि हेरौँला भन्छ ।” मैले यी शब्दहरू भित्रैबाट त्यो वाक्य सुनेँ जुन उसले भन्यो कि भनेन भन्ने मलाई थाहा छैन । तर मैले उसका आँखामा देखेँ, “बाँचिछे भने हेरौँला ।”
त्यही बेञ्चमा बसेर म रोइरहेँ लाचार, असहाय । मेरी छोरी त्यहीँ थिई , भित्र पाँच पाइलाको दूरीमा । तर भएभरका ढोकाहरू बन्द थिए । सेता, कात्राजस्ता ढोकाहरू । बाहिरपट्टी म र कज्जन बाहेक अरू कोही थिएन । एकदम उराठ लाग्दो । र म त्यस बेन्चमा बसेर निढाल भई रोइरहेकी थिएँ । रुने हिम्मत पनि सकिएको जस्तो भइरहेथ्यो ।
समयका गोडालाई कसैले जाँताको हातोमा बाँधिदिएको थियो । तर मेरो भएभरका हाड र मासु त्यसैमा पिसिइरहेका थिए ।
निक्कै राती भएपछि कज्जनले मलाई समातेर होस्टेल पुर्यायो । बाटामा हिँडिरहेका मान्छेहरूलाई देख्दा अचम्म लाग्थ्यो , यिनीहरू कसरी यस्तो निस्फिवि्र्कसँग हिँडिरहेका छन् ? के यिनीहरूलाई थाहा छैन ?
ढल्दै गरेको दिन र उघि्रँदै गरेको बिहानलाई देख्दा अचम्म लग्थ्यो, “ के यिनीहरूलाई थाहा छैन ?”
कसैलाई छ दिनसम्म बाथरुम जानु नपरोस्, ट्वाइलेट जानु नपरोस् । के यस्तो पनि भएको छ कहिल्यै, दिन त अवश्य हिँड्दथ्यो । बिहानबाट बेलुका, बेलुकाबाट बिहान, तर मेरो शरीर भने मानौं सास रोकेर अडिएको थियो । न भोक, न निद्रा न अरू केही ।
“प्लीज केन्डी ! प्लीज निकी हो ! म तँ बिना बाँच्न सक्दिनँ ।” म बारम्बार मनमनै केन्डीसँग कुरा गर्थेँ । “निको पार्दैऊ प्लीज! प्लीज, मेरो ईश्वर ।”
भोलीपल्ट बिहानै गएर बस्यौँ हामी, ढोका बाहिर सँधैको बेन्चमा । तर आज म पराजीत भएकी थिएँ । मनमा कुनै आश बाँकी थिएन ।
कज्जन घरिघरि त्यहाँ भएको टेलिफोनको रिसिभर उठाएर विन्ति गर्थ्यो । तर भएभरका सेता पर्खालहरू मौन थिए ।
त्यो झ्याल खुलेरै छोड्यो । एउटी नर्स देखा परी । झर्किएझैँ गरेर उभिएकी थिई कम्मरमा हात हात राखेर । कज्जनले मलाई देखाएर अनुरोध गरेको भावमा ऊसँग फ्रेनचमा केके भन्यो । उसले रिसाएको स्वरमा अझ बढी केके भनी र झ्याल लगाई दिई ।
“ के भयो ? के भन्छे ?”
"केही हैन , “आज बिहिवार हो , भेटघाट गर्ने दिन, तीन बजेदेखि पाँच बजेसम्म । र पनि तपाईँहरू किन हामीलाई बिहानैदेखि दुअख दिनुहुन्छ” भन्दै थिई । ‘
“भेटघाट गर्ने दिन ? अर्थात् ?”
“यहाँ हप्ताको एक दिन मात्र आफन्तहरू बिरामीलाई भेट्न आउँछन् । हरेक बिहीबार तीनदेखि पाँच बजे ।”
एक्कासी मैले सम्झिँएँ, “हो त नि । दुई दिनभरि यहाँ हामीले कुनै मान्छेको अनुहार देखेनौं । अरु विरामी पनि त छन् यहाँ । तिनीहरूका पनि नातेदार, साथीभाइ माया गर्ने मान्छेहरू होलान नि ! कोही पनि किन आउँदैनन्, कसैलाई हेर्न ? यो कस्तो छक्क लाग्दो चलन हो !”
“किन र ?”
“मान्छेलाई फुर्सदै कहाँ छ र ? यहाँ त कोही मर्यो भने पनि कति दिनसम्म शवगृह मै छोडी राख्छन् फुर्सद भएपछि लगेर सदगत गर्छन् ।”
मलाई काम छुटेर आयो । “त्यस्तो मर्ने कुरो नगर ।” मेरो गला अबरुद्ध भयो ।
कज्जनले मेरो कुममा समातेर फुल्यायो । हामी त्यहीँ बसिरह्यौं । अन्त त जानु नै कहाँ थियो र । बार्ह एक बजेतिर ढोका खुल्यो ।
केन्डीको यतापट्िटको आँखाबाट झरेर एक थोपा आँशु कञ्चटसम्म बगेको थियो ।
“किन मेरी छोरी, के भयो ?” म एकदमै आत्तिएँ ।
“मलाई पानी खान दिन्न यो नर्सले । तिर्खाले मेरा ओठ सुकिसके, पानी नै दिन्न ।” उसले मसँग केटाकेटीले झैँ गुनासो गरी । कुरा गर्दा गर्दै अर्को एक थोपा आँसु अघिझैँ बग्यो ।
मेरो मुटु हल्लियो । “के गर्नु कज्जन ? कसलाई भन्नु ? यसलाई पानी किन दिँदैनन् ? केन्डी नर्सलाई भन न एकपल्ट ।”
"यो नर्स एकदम छुच्ची छे । “मैले अरू बीस जना बिरामीलाई पनि हेर्नुपर्छ” भन्छे । बिहान “यू ब्ल्याक पिपल” भन्दै थिई । धेरै रोएकाले केन्डीको बोली भिजेको थियो । अझै पनि ऊ रुवाइलाई मसँग लुकाउन खोज्दै थिई । र म ऊसँग । तर उसको देब्रे कञ्चटमा बग्दै गरेको आँसुले खुर्किएर मेरो मुटुमा एउटा चोट बनाउदै थियो । बाँजुन्जेल त्यो खुर्किएको चोटले मलाई दुखाइरहने छ भन्ने मैले त्यसबेला चाल पाएकी थिइनँ । त्यो आँसु पुछ्न न ऊ आफैँ सक्थी, न म सक्थेँ, न कज्जन नै ।
“मलाई जुस ल्याइदिनु र चेरी पनि ।”
“केको जुस ?”
“सप्पै खाले जुस । एप्पल, अनि पाइनेप्पल अनि ओरेन्ज ।”
नर्सले हामीलाई निस्कनु भन्ने इसारा गरी, शिशाको पर्खाल परिबाट । हामी बजार गयौं । ६ बोतल जुस किन्यौ तर चेरी पाइएन । मलाई सारा लियो शहर उजाडिएको जस्तो लाग्यो । शहरभरिमा पनि मेरी छोरीले चाहेको चेरी नपाइएकोले त्यस दिन उपरान्त मेरा लागि कस्मिरका सम्पूर्ण चेरीको बँगैचा निमिट्यान्न भएर मासिनेछन् र कहीँ कतै मैले चेरी देखेँ भने मलाई त्यसको बगैचामा आगो लगाइदिऊँ जस्तो लाग्नेछ भन्ने मलाई त्यतिबेला थाह थिएन ।
जुसका बोतल र केही फलफूल ल्याएर हामीले नर्सलाई दियौँ । त्यही झ्यालबाट । तीन बज्यो । हातमा प्याकेट बोकेका मान्छेहरू आउन थाले । ढोका खुल्यो । म भित्र गएँ । कज्जन पनि । केन्डी रोइरहेकी थिई ।
“जुस ल्याएर हामीले त अघि नै नर्सलाई दिएका थियौँ ।”
“मलाई त कसैले पनि दिएन ।”
“किन ?”
“खै ! बिहान आउने डाक्टरले पानी नखानु भन्छ । बेलुका आउनेले खानु भन्छ । तर मलाई त अहिले तिर्खा लागेको छ ।” तिर्खाले सुकेर उसका ओठ सेता भएका थिए ।
गुलाबी ओठ, मलाई म्वाई खाने ओठ, बाङ्गाबाङ्गा भएर मुस्काउने ओठ, उदास हुँदा सिगरेटको कस लिने ओठ, गीत गाउने ओठ, कथ्थक नाच्दा मग्न भएर खित्का छोड्ने ओठ, त्यस्ता बुझ्झकी कुरा गर्ने ओठ; तिर्खाले सुकेर सेता हुँदै थिए ।
कज्जन दौडिएर गयो । गएर विरामीहरूलाई भेट्न आउनेहरूले ल्याइदिएको प्याकेटहरू झ्यालबाट लिँदै भित्र राख्दै गरेकी नर्सलाई भन्यो । ऊ हतार हतार भित्र पसी । जूस प्किडिङमा कप राखेर केन्डीलाई खुवाउन थाली र अर्को हातले उसका केश सुमसुम्याइरही । एकछिनपछि ऊ झ्यालमा आई र कज्जनसँग कुरा गर्न थाली । कज्जनले भन्यो “यिनकी छोरी उमेर मै मरेकी रहिछन्, त्यसैले तपाईँको मनमा कस्तो छटपटी भइरहेको छ भन्ने बुझ्दछु भन्छिन् यिनी ।”
म रोइरहेकी थिएँ । ऊ पनि रोइरहेकी थिई ।
म फर्केर केन्डी भए ठाउँमा गएँ । जुस दिएर पनि ऊ निढाल देखिन्थी, एकदमै अाित्तएकी जस्ती । मैले टेलिफोनमा कुरा गर्न खोजेँ । उसको स्वर अड्कीअड्की निस्कँदै थियो । यित्त मात्र भनी “मैले तपाई र डोलीलाई भनेर दुईटा कोट किनेकी थिएँ मेरो ट्र195141मा छ ।” मानौँ अन्तिम सन्देश दिइरहेकी छ ।
अब भने थामिनसक्नु भयो । उसकै अगाडी रोएँ म । “तिमी निको भएपछि मलाई आफ्नै हातले दिनु । म जीवनभर त्यही कोट लगाइरहन्छु । केन्डलू । हामी पालैपालो लगाउँला । मेरी बच्ची तिमी चाँडो निको होऊ, प्लीज ।” मेरो रुवाइको धुकधुकले उसलाई सबै कुरा सुन्न दियो कि दिएन, थाह पाउन सकिनँ ।
मसँगै थिई ऊ । मेरी प्यारी छोरी । जसलाई यत्रावर्षसम्म मैले दश नङ्ग्रा खियाएर, मेहनत मजदुरी गरेर हुर्काएकी थिएँ .... र उ मेरै अगाडी मेरा हातबाट चिप्लिँदै थिई । तर मलाई अझै पनि विश्वास भइरहेको थिएन । म यहीँ छु, यसलाई अँहँ, केही हुन सक्दैन कुनै पनि ईश्वरले ममाथि यति ठूलो अत्याचार गर्न सक्दैन ।
एकछिनमा उसले भनी “अब त म साह्रै गलेँ ।” र आँखा चिम्म गरी । रुँदा रुँदै म भूईँमै बसेँ । त्यही बरन्डामा । एक्कासी सुखमानी साहिब सम्झिएँ । मैले भनेँ “केन्डलू, म तिमीलाई पाठ सुनाउँछु । तिमी सुनिराख है ।” र म पाठ गर्न थालेँ । रिसिभरमा ।
'"जाने छन् साथ न मातापिता, न पुत्र मित्र न भाइ,
हे मन जाने छ केवल, नाम तिम्रो मद्दत गर्नलाई ।"
पाँच मिनट जति, जतिन्जेल मेरा आँसुले स्वीकृति दिए, मैले पाठ गरिरहेँ । अर्कोतिरबाट अत्यन्त मलिन आवाज आयो । “ भो अरू सुन्न सक्दिनँ अम्मी” र उसले आँखा अलिकति उधारेर मतिर हेरी, कमलका फूल जस्ता आँखा; र फेरि आँखा चिम्लिई ।
म कज्जनका कुममा झुन्डिएर घस्रँदै होस्टेल फर्किएँ । दिल्लीका लागि एउटा कल बुक गराएँ, अर्पणालाई फोन गर्न । एक कल मेरो भाइको नम्बरमा, “दुनियाँको कुनै पनि कुनामा तैँले चिनेको कुनै डक्टर छ भने मेरी छोरीलाई बचा नभए तेरो डाक्टरी के कामको ?” भन्नाका लागि ।
एउटा कल पेरिस दुतावासका लागि बुक गराएँ । एउटा आ.वा. दिलावरीलाई पठाएँ ।
“प्लीज सेभ हर । प्लीज सेभ माई चाइल्ड ।”
“अर्पणा, बँगला साहब गएर अखण्ड पाठ गराऊ । अखण्ड पाठ भइरहेसम्म कुनै खतरा हुँदैन भन्छन् ।” टेलिफोनमा म चिच्याइरहेथेँ, रोइरहेथे । विन्ति बिसाइरहेथेँ ।
राती नौ बजेतिर दिलावरी साहेबको फोन आयो पेरिसबाट, “मैले सिनियर डाक्टरसँग कुरा गरेको छु । एकपल्ट भेट्नु भनेको छ उसले ।”
“भेट्नु भन्नाले ? स्थिति ठीक छैन ?”
“हेर्नुस्, तपाईँ बाहेगुरु-बाहेगुरु भन्नुस् । प्रार्थना गर्नुस् । बच्चीको भलाई केमा छ भन्ने उसैलाई थाहा छ ।”
“उसलाई निको होस् भनेर तपाई पनि प्रार्थना गरिदिनुस् ।”
कज्जन र म फेरि अस्पताल गयौँ । डाक्टर एकदम रिसाएको थियो । सिनियर डाक्टर उसलाई मैले आजै पहिलो चोटी देखेकी थिएँ । उसले भन्यो । “म मेरी आमाको घरमा खाना खाँदै गरेको बेला फोन आएथ्यो । म कुनै एम्बेसी सेम्मेसी बुिझ्दनँ । मलाई त्यसबेला दुअख दिने, को हुन् तिनीहरू ? ऊ मर्दैछे त म के गर्न सक्छु ?”
एक्कासी उसले ढोकाको तल्लो भाग पनि खोलिदियो र रिसाएर “भित्र आओ” भन्यो । त्यसपछि खै के भयो कसरी भयो मैले थाहै पाइन । मैले उसका गोडा समाएँ । एकछिनपछि मेरो निधार उसका बुटमा थियो “प्लिज डोन्ट प्किल एनायड ! प्लीज सेभ माई चाइल्ड । प्लीज डाक्टर ।” म उसँग भीख माग्दै थिएँ । ऊ रिसले चुर भएर एकोहोरो बोलिरहको थियो । “उसलाई त ईश्वरले पनि बचाऊन सक्दैन । थर्ड डिग्रीको बर्न छ । पुरै शरीर जलेको छ । एउटा अनुहार के जलेनछ अनि सबै ठीक होला भन्ने ठान्छौ तिमीहरू । त्यो तिमीहरूसँग कसरी कुरा गर्छे भन्ने नै अचम्म छ । म त ऊ यत्रो दिनसम्म कसरी बाँचेकी छे भनेरै छक्क परेको छु । इट्स अ शिअर मिरेकल ।” कज्जनले डाक्टरले भनेको कुरा अर्थ्यायो ।
मेरी छोरी मिरेकल गरिरहेकी थिई । आफ्नो ईच्छाशक्तिले आमाले पीर गर्छे भनेर आमाकी साथी हो नी त, त्यसैले ।
डाक्टर त्यहाँबाट डिसइन्फेक्ट गरेका लुगा लगाओ र भित्र गएर उसलाई हेर, भन्दैछ भनेर कज्जनले भन्यो ।
“ हैन कज्जन, पछि फेरि यिनीहरूले तिमीहरू भित्र गयौ र केस झन खराब भयो भन्ने बहाना बनाउँछन् भने बरू नजाने ।” म डराइरहेथें । केटाकेटी झै रोइरहेथेँ । डाक्टरका अगाडि हात जोडेर उभिएकी थिएँ ।
डाक्टरले एउटा कमेज र एउटा होलर्याङे सुरूवाल ल्याएर मेरो हातमा राखिदियो । मेरो पाखुरा समातेर एउटा सानो कोठामा घँच्याडिदियो । मैले कम्दै गरेका हातले ती लुगा लगाएँ । बाहिर निस्केपछि उसले रिसाएर मेरा पाखुरामा समातेर तान्दै कज्जन भएको कोठातिर लिएर गयो ।
मेरी छोरीको खाटका छेउमा ग्लूकोज, रगत, अक्सीजन र खै अरू केके जाति थिए । मैले निहुरिएर उसको मुखमा म्वाई खाएँ । निधारमा म्वाई खाएँ ।
उसले आँखा उधारी । शुष्क ओठले खै के भनी , बुझिएन ।
मैले त्यसबेला बुझ्न नसकेको उसको त्यो बोली सुन्न पउने भए म मेरो बाँकी जीवन पुरै त्यागिदिन सक्छु ।
“ के भो मेरी बच्ची ?” मैले उसलाई फेरि म्वाई खाएँ । म ऊसँगै भएको र उसले मलाई कस्सिएर अँगालो नहालेको यो जीवनकै पहिलो चोटी थियो । एकदम विवश, असहाय, सुतेकी थिई ।
डाक्टरले एक्कासी केन्डीको शरीरलाई छोपिराखेको कोक्रो जस्तो चिज िझकिदियो , जसका माथिपट्टी एउटा ओड्ने राखेर उसलाई ढाकिएको थियो ।
पोलेको मासुको तिखो दुर्गन्ध । घाँटीदेखि पैतालासम्म पोलेको आलु जस्तो । त्यतिखेर कसैले मलाई ऊसँग साटिदिन्थ्यो भने म दश जन्मसम्म त्यसको रिन तिरिरहनेथेँ । त्यसपछि भने पोलिने पालो मेरो थियो र म आजसम्म पोलिइरहेकी छु । नाङ्गै, भर्भराउदो अँगेनामा ।
“ ल, अब बाहिर जानुस् ।” डाक्टरले आदेश थियो । हामी दुवै रुदैँ, सुक्कसुक्क गर्दै केही नबोली बाहिर निस्कियौँ ।
मैले त्यसैले तिमीहरू भित्र नआओ भनिठान्या थिएँ । अब यो दुर्गन्ध तिमीहरूका दिमागबाट बाचुन्जेल निस्कँदैन । त्यसैले म कसैलाई पनि भित्र आउन दिन्न । हामी पनि कयौं वर्षको तालिम पछि मात्र यो वीभत्सता झेल्न सक्ने भएका हौं ।
“ विल यू सेभ हर, डक्टर ?” म उससँग विन्ति गर्दै थिएँ ।
ऊ बाहिर निस्कियो ।
हामी पनि बाहिर निस्कियौं । ढोका बन्द गर्न त्यहाँ कोही पनि थिएन । शिशा भएको पल्लो ग्यालरीको ढोका पनि खुल्ला थियो । मैले कज्जनलाई भनेँ, “हामी सुटुक्क यो ग्यालरीमा पसौँ । यहाँ कोही पनि छैन । म केही नबोली त्यो शिसाको छेउमा बस्छु, आफ्नी छोरीको छेउमा ।”
“यिनीहरू रिसाए भने ?”
“ रिसाए नै भने पनि अब त के नै हुन्छ र ।”
र हामी सुटुक्क त्यो शिशाको छेउमा गएर उभियौं । कज्जनले बाहिर गएर एउटा स्टुल र कुर्सी लिएर आयो । रातभरि हामी त्यहीँ बसिरह्यौँ । र विवशता भनेको कस्तो हुँदो रहेछ भनेर हेरिरह्यौँ ।
हेरिरह्यौँ, जति सुकै दह्रो मुठ्ठी पारे पनि मुठ्ठी भित्रको बालुवा जसरी कोही कसरी छरिँदै जाँदो रहेछ । हरपल, अपरिमित माया गरेको कोही कसरी नजीकैबाट एक कदम परपरै हिँडिरहँदोरहेछ र माया गर्ने मान्छे जहाँको तहीँ उभिइरहदोँरहेछ, र त्यति हुँदा पनि बाँचिरहँदो रहेछ । अत्यन्त निर्लज्ज र ज्याद्रो बँचाइ, हेरिरह्यौँ ।
ऊ बेहोस भएकी थिई क्यार । बोतलबाट रगत दिँदै थिए । ग्लुकोज पनि र उता अक्सिजन पनि । उसको नाकको फूली मात्र टल्किरहेको थियो । ऊ निक्कै मुस्किलले सास फेर्दै थिई । घाँटीमा भएको खोपिल्टामा मन्दमन्द झड्का लागिरहेथ्यो, गहिरो इनारबाट पानी निकाल्दा बाल्टीलाई झड्का दिँदै बढो परिश्रमले माथि तानेजस्तो ।
हावा वहन छोडेर रोकिएको थियो, त्यस ग्यालरीमा । अगाडी जान डराएर । अँध्यारो षड्यन्त्र गर्दै कुनाबाट निस्कन्थ्यो र फेरि लुक्थ्यो । चुँडिन मात्र बाँकी रहेको एउटा तनाव कोरिडोरको ओल्लो छेउदेखि पल्लो छेउसम्म विवश दौडिरहेको थियो । र कोरिडारको माझमा मेरो प्राण निचोरिइरहेको थियो । मानौँ भारले थिचिएर करङ्हरू चर्किन थालेका थिए । समय हिँडिरहेको थिएन, रोड-रोलरजसरी भएभरकालाई मडार्दै बिस्तारो, एकदम बिस्तारो घसि्ररहेको थियो ।
मानौँ, तमाम दुनियाँ केवल एउटा दुर्गन्ध, एउटा अड्िकउको सास र एउटा अनन्त विवशता थियो । र फेरि बिहान उज्यालो भयो । चौलानी जस्तो उज्यालो घिसि्रँदै शिशाबाट भित्र छिर्न थाल्यो ।
एकदमै दिक्क लाग्यो, “के अझै पनि उघि्रन लायक छ दिन ? घामलाई लाज लाग्दैन ?”
कज्जनले भन्यो, “ कसैले देख्ला । जाऔँ सुटुक्क बाहिर निस्किऔँ । यिनीहरू रिसाए भने उसलाई राम्ररी हेर्दैनन् ।”
र भत्किएकी जसरी, गोडा घिसार्दै म बाहिर निस्किएँ । बाहिर आएर दुवै जना बेन्चमा बस्यौं । “ चिया खाने ?” कज्जनले सोध्यो ।
मैले उसको भाषा बुझरहेकी छुइँन कि जस्तो लाग्यो मलाई । चिया ? कसका लागि; दिनं कसका लागि, बाहिर कसका लागि ?
सबै कुराका अर्थ सकिएका थिए । त्यसपछि के भयो भन्ने मलाई केही सम्झना छैन, सम्झना छैन, त्यही बेन्चमा बसेको बस्यै बिहान देखि साँझ कसरी भयो ।
कज्जनले त्यस टेलिफोनको रिसिभरबाट कयौं चोटी अनुरोध गर्यो तर कोही आएन । एकपल्ट भने एउटी नर्स आई, त्यस झ्यालमा । र भनी, “ ऊ त बेहोस छे । तिमी किन यहा बसिरहेको ?”
उसले कहिल्यै कुनै बच्चा जन्माएकी थिइन होला, आफ्नो रगतले सिञ्चेर । कहिल्यै कुनै बच्चासँग रातभर अनिदो बसेकी थिइन होला । सूर्यको वरिपरि धर्ती आफैँ घुमे जसरी ऊ कहिल्यै कुनै बच्चाको वरिपरि दिनभरी कुदेकी थिइन होला । जिउनुको अर्थ उसले कहिल्यै पनि आफ्नी बच्चीको अस्तित्वबाट खोजेकी थिइन होला ।
साँझ ढलेपछि एउटा डाक्टर आएर भन्यो, “तपाईँहरू होस्टल जानुस् । हामी फोन गरौंला ।” र भनिसक्ने ििबत्तकै फेरि भित्र पस्यो । झ्याल फेरि बन्द भयो । कज्जनले भन्यो, “फोन गर्नुपर्यो भने यिनीहरूले होस्टेलमा गर्छन् । यिनीहरूलाई हामी यहाँ बसेका छौं भन्ने थाहा हुँदैन । मेरो विचारमा, हामी होस्टेल गएरै फोन पर्खिनुपर्छ ।”
फोन ? के भन्छन् फोनमा ? के खबर दिन्छन् ? मेरो दिमाग पुरै शून्य भएको थियो । यी प्रश्न आउँथे । तर उत्तर डरले काम्ने गर्थे । साना निश्छल खराया जसरी, अथवा भयानक राक्षस जसरी लुक्ने गर्दथे ।
सारा जवाफहरू मेरै छेउछाउ टाउको झुकाएर उभिइरहेका र मैले नै तिनलाई चिन्न नचाहिरहेकी पनि हुन सक्थ्यो । केही समझना छैन । त्यो निर्दयी, रगतले भिजेको कुहिएको मासुको दुर्गन्धले भरिएको साँझको बारेमा केही पनि सम्झना छैन, केवल शिथिलता छ, विवशता छ र अड्िकएका सासको, बौलाहा सुँकसुँकाइको, र अर्थविहीन आँसुको एउटा अनुभूति छ - पराजीत - जुन यतिका वर्षहरूका हरेक दिनका पुललाई नाग्दै आज पनि मसम्म आउने गर्छ । होस्टेल पुगेर म एउटा हठमा, एउटा विवश हठमा सुखमनी साहिबको पाठ गर्न बसेँ । जबसम्म यहाँ सुखमनी साहिबको पाठ हुन्छ र वहाँ दिल्लीमा अख48ड पाठ भइरहन्छ, तबसम्म केन्डीलाई केही पनि हुँदैन भन्ने लागिरह्यो । सारा रात बित्यो । बित्यो हैन, मेरा रोमरोमलाई करौँतिले चिर्दाचिर्दा गरेर हार्यो ।
मेरो कोठाको घन्टी बज्दा बिहानको उज्यालो प्किँजिदै थियो । म जर्याकजुरुक उठेँ । खै कतिखेर झपक्क निदाइकी रहेछु ।
“ अम्मी चाँडो हिँड्नुस् । अस्पताल ।”
“ किन, के भने तिनीहरूले ?” चप्पल लगाउँदै मैले अाित्तएर सोधेँ ।
“ केही हैन, स्थिति झन विग्रियो ।” कज्जन दौडिँदै भर्याङ आर्लियो ।
अस्पताल । कज्जन अाित्तएको स्वरमा त्यो टेलिफोनमा बोलिरहेको थियो म काम्दै बेन्चको हातो समातेर उभिएकी थिएँ ।
झ्याल खुल्यो । डाक्टरले असमर्थताले टाउको हल्लायो । ’ह्वाट ?’ म चिच्याएँ । उसले कज्जनलाई भन्यो र कज्जनले मलाई पाँच मिनेट जति अघि... ।
सम्पूर्ण अस्पताल डुब्दै गरेको जहाज जसरी डगमगायो एकपल्ट र डुब्यो ।
“ हेर्ने ?”
अहँ, रुन हुँदैन । हुँदैन , हुँदै हुँदैन । यो अस्पताल हो, अहँ चुप ! मौन !
त्यस्तो कालो चकमन्न समयमा पनि होस मै थिएँ होला र यस्तो सोच्दै थिएँ ।
जुन ढोका आजसम्म खुलेको थिएन, त्यसलाई आज उनीहरूले खोलिदिएका थिए । मायालु अनुहार भएकी र मसँगै रुने त्यो नर्सले आएर मलाई समाई ।
भित्रबाट स्ट्रेचरमा ऊ आउँदै थिई मौन सुतिरहेकी । मैले उसको निधारमा म्वाई खाएँ, ओठमा म्वाई खाएँ, ओठमा सेतो तिर्खा जमिरहेको थियो ।
आँखाका डिलबाट बगेका आँसु अहिले पनि कन्चटमा सुकिरहेथे । आँखाका मौन कमललाई कालो झल्लरले छोपेको थियो ।
मलाई छोडेर नजाऊ मेरी छोरी ! एक्लै भएर म त्यसै मर्छु । तिमी बिना म कसरी बाचूँ ?
एकपल्ट भनेकी थिई, “आत्महत्या गरूँ जस्तो लाग्छ कहिलेकहिले । फेरि तपाईँ कसरी बाँच्नुहोला भन्ने सोच्दछु । अनि फेरि, हैन, सँगै बाच्नुपर्छ भन्ने लाग्छ ।”
र अहिले ?
उसलाई भेट्दा आखिरीपल्ट भेट्दैछु जस्तो लागेकै थिएन । एकछिनको लागि टाढिँदै छौँ जस्तो लाग्याथ्यो । जसरी सत्ताईस मेको रात ऊ दिल्ली एयरपोर्टबाट विदा भएकी थिई ।
तिनीहरूले लगे उसलाई । त्यसपछि के भयो भनेर मलाई एकरित्त थाह छैन । त्यसपछि कतिखेर दिलावरी पेरिसबाट आए भन्ने थाह भएन । मेरा छेउमा बसेर पाठ गरिरहेको मात्र सम्झना छ । उनले भने “हिम्मत नहार्नुस् । उनको अन्तिम संस्कार तपाईँले नै गर्नुपर्छ । लत्तो छोडेर हुँदैन । तपाईँले जन्माउनु भएको थियो उनलाई, यो काम पनि तपाईँले नै गर्नुपर्छ ।”
मैले नै जन्माएकी थिएँ उसलाई । ठीक छ, अब म नै उसको अन्तिम संस्कार पूरा गर्छु । अरू कसले गर्छ र ? कुरा ठिकै त थियो । र म चुपचाप उठेँ ।
दिलावरीले मलाई खै कुन एउटा अप्किसमा लिएर गए । एउटी महिला त्यहाँकी इन्चार्ज थिई । ऊसँग धेरै कुरा गरिरहे, केही कुरा मनाउन खोजे जसरी । मेरा छेउ आएर भने, ल हेर्नुस्, वहेगुरुले आफैँ काम सपारिदिन्छन् ।
”’लाशहरू आठ दश वटा नहुन्जेल हामी त पन्ध्रौँ दिनसम्म शवगृहमा राख्छौँ र सबैलाई एकैपल्ट चिताको व्यवस्था गर्छौँ ”, भन्छन् यिनीहरू । तर मैले यिनीहरूलाई सबै खर्च हामी आफैँ गर्छौँ भनेर बुझाएँ । त्यसैले भोली नै चिता जलाउनका लागि माने ।“
मैले केही पनि बुिझनँ । “वाहेगुरुले काम सपारिदिन्छन्” भन्ने वाक्य मात्र विचित्रको लाग्यो... उनले जहाँजहाँ देखाए, मैले दस्तखत गरिदिएँ ।
त्यो इन्चार्ज महिलाले आगाले पोलेका आफ्ना औँला देखाई । ऊ सानी छँदा मैनवित्तबाट आगो सल्किएको रहेछ । उसका बाबु छेउमै भएकाले तानेर च्याप्प समातेर आफ्नी छोरीका शरीरमा लाग्न लागेको आगो निभाइदिएका थिए र आफू पनि केही जलेका थिए भनेर भनी ।
मेरी बच्ची म तिम्रा छेउमा भएको भए म पनि आफूतिर तानेर तिम्रो आगो निभाइदिने थिएँ । अनि हामी आधाआधा जल्थ्यौं, आधाआधा डाह हुन्थ्यो, आधाआधा मर्थ्यौ ।
रातभर यो सबै सपना हो जस्तो लागिरह्यो । ऊ मर्न सक्दिन । यो सबै झुठो हो । यी मान्छेहरू ढाँटिरहेका छन् । ऊ कसरी मर्न सक्छे ?ऊ त जीवनको मातमा चुर थिई, इन्टक्सिकेटेड । ऊ त जीवनको हरेक पललाई पूरापुर बाँच्दथी । रात अवेरसम्म बाहिर चौरमा बसेर सिगरेट पिइरहन्थी, तारा हेरिरहन्थी, अँध्यारासँग खोलिरहन्थी ।
“केन्डी, किन अँध्यारामा बाहिर एक्लै बसेकी ?” म सोध्थेँ । “म अँध्यारालाई इन्ज्वाय गरिरहेकी छु ।” ऊ भन्थी ।
कति अनौठो छ । राती, आधारातसम्म ऊ सुत्दिनथिई । भन्थी, “यस्तो राम्रो अँध्यारो, र चकमन्नता, यो त कविता पढ्ने समय हो, सुतेर किन खेर फालूँ,” यसरी जीवनको एक एक पललाई अँगालो हालेर, मुठ्ठीमा बाँधेर बाँच्ने केटी कसरी मर्न सक्छे ? त्यसमा पनि यति सुन्दर केटी । उसले त जीवनको वसन्त हेर्नै बाँकी थियो ।
त्यस रात, मानौं, म कालो पानी माथि प्राणविहीन तैरिरहेँ । केही सम्झना छैन, केही याद छैन । भोलिपल्ट । एकातिर दिलावरी र अर्कातिर कज्जनले समातेर मलाई डोर्याउँदै थिए । तर मेरा गोडाहरू हिँडिरहेकै हुनुपर्छ, नत्र भने म कसरी त्यो चिसो कोठामा पुग्थेँ, जहाँ ठूलठूला स्टीलका दराजजस्ता आल्मारीहरू थिए । चारै तिर ।
र वीचमा काठको बाकसमा केन्डी चुपचाप सुतेकी थिई । उही चन्द्रमा जस्तो मुहार । फाराकिलो निधार , हँसियाजस्ता परेला, कचौरा जस्ता आँखा; बन्द, मौन ।
मैले निहुरिएर उसका मुखमा, निधारमा ओठमा म्वाई खाएँ । हिउँजस्ता चिसा ओठ । उसका ओठको सेतो तिर्खालाई कसैले पुछिदिएको थियो । आँसु पनि पुछिदिएको थियो, कपाल काइयाँले कोरिदिएको थियो । यो मेरी छोरी चिटिक्क परेर कहाँ जाँदैथी ? सेतो ओढ्ने ओढेर । पराइको ओढ्ने । पराईहरूको शहरमा । पराईहरूका हातबाट ओठ र आँखा पुछाएर ।
कज्जनले मलाई हातमा समाएर तान्यो । “ऊ यो बाकसमा सुतेकी छैन अम्मी, ऊ त हाम्रो मनभित्र गएर सुतेकी छे । केन्डी यो हैन, केन्डी त अब यहाँ छे” - र उसले आफ्नो हात आफ्नो छातीमा राख्यो ।
“हेर्नुस्, यो त अब माटो हो । यससँगको मोह त्याग्नुस् । वाहेगुरुसँग प्रार्थना गर्नुहोस् । यसलाई आफ्नो चरणमा स्वीकार्नु होस्” भन्दै थिए दिलावरी । मैले सुनिरहेकी नै थिएँ होला, त्यसैले त अहिलेसम्म पनि मलाई यो वाक्यको सम्झना छ । म त्यो बाकसभन्दा भन्दा बाहिरनै थिएँ, त्यसैले त आज यो लेखिरहेकी छु । तर नढाँटी भन्छु, जुनबेला त्यो बाकसलाई काँटी ठोकेर बन्द गरिरहिएको थियो, म त्यसैभित्र थुनिएकी थिएँ ।
त्यो बाकसलाई एउटा कालो भ्यानमा राखिदिए । त्यसमाथि फूल, कसले ल्याएर राखेको थियो थाह छैन । एउटा सुन्दर बगैचामा पुग्यो त्यो भ्यान । दिलावरी र कज्जनले मलाई मोटरबाट उतारे, “यहाँ देखिभित्र हिँडेरै जानु पर्छ, वरिपरि चिहान भएकाले । तिनीहरूको आराममा खलल नहोस् भनेर ।”
हिँडिरहेकै थिएँ होला, त्यसैले भित्रपट्टीको कोठामा पुगेँ । अघिअघि मेरी छोरी र पछिपछि तीन जाना । एउटी म, उसलाई जन्माउने र उसकी साथी आमा; एउटा कज्जन, जोसँग उसको मायाप्रीतिको मित्रता थियो; र एक जना दिलावरी साहेब, जो आउन त केवल एउटा अप्किसियल ड्यूटी पूरा गर्न आएका थिए तर उनको आत्मा पनि मसँगसँगै पग्लिरहेको थियो । पाठ उनी मात्रै गरिरहेका थिए, र प्रार्थना पनि उनैले गरे ।
बन्द भएको बाकस वरिपरि मैले ममताका हातले छोएँ “ल त केन्डी, कुनै दिन अवश्य भेटौलाँ । चाँडै भेटौला मेरी बच्ची ।”
त्यो बाकसलाई उनीहरूले सिँगमरमर लागेको एउटा अग्लो प्लेटफम माथि राखिदिए । त्यो प्लेटफमको एकातिरबाट एउटा सानो काठको ढोका खुल्यो । त्यो बाकस, हैन हैन मेरी छोरीको डोली, त्यो सानो ढोकाभित्र पस्यो चिप्लिदै चिप्लिँदै, र त्यो ढोका बन्द भयो । दिलावरी साहेब र कज्जनले मलाई बाहिर ल्याए । थाह छैन, खै कुन ठाउँ गयौँ हामी । जुन ठाउँ भए पनि त्यहाँ म अचेतझैँ भएर पल्टिरहेँ ।
साँझ हामी फेरि त्यहीँ गयौँ । तिनीहरूले रातो छाप लागेको काठको एउटा सानो बाकस दिए हामीलाई । त्यो बाकसलाई छातीमा टाँसेर बोक्दै म बाहिर निक्सिएँ । अब भने केन्डी आफैसँग छे जस्तो लाग्यो ।
बाहिरपट्टी बेञ्चमा केही पाका महिला तथा पुरुषहरू बसेका थिए । टाउको निहुर्याएर । मौन । मलाई जीवनको अन्तिम दिनसम्म, सेताम्मै फुलेका केशसहित तिनै बेञ्चमा बसिरहूँ जस्तो लागिरह्यो ।
म अहिलेसम्म तिनै बेञ्चमा बसिरहेकी छु । लिओको चिहानघारीमा राखिएका बेञ्चहरूमा । साँच्चै भन्दैछु । दिनरात त्यहीँ बसिरहेकी हुन्छु । टाउको निहुर्याएर । घाम उदाउँछ पनि र अस्ताउँछ पनि । मान्छेहरू आउँछन् र आफ्ना आफन्तहरूलाई त्यहाँ छोडेर जान्छन् । म ती सबैको हेरविचार गर्छु । तिनीहरू मेरी केन्डीका टोलबासी जो हुन् । मेरी केन्डीका छिमेकीहरू ।
........................................................
हिन्दीबाट सुमन पोखरेलद्वारा अनुदित
.......................................................
Related Posts
See All[साहित्यिक त्रैमासिक पत्रिका 'मोनालिया' (साउन -असोज २०६७) सँग कवि सुमन पोखरेलको अन्तर्वार्ता] ..............................................