top of page

परिचयपत्र \ महमुद दरविस


लेख!

म एउटा अरबी हुँ

र मेरो परिचयपत्र नम्बर पचास हजार हो

मेरा आठ जना छोराछोरी छन्‌

र नवौँ यो बर्खा सकिएपछि जन्मिँदैछ

के तिमी रिसाउँछौ?

लेख!

म एउटा अरबी हुँ

अरू साथीसँगै ढुङ्गा खानीमा काम गर्ने।

मेरा आठ जना छोराछोरी छन्‌

म तिनीहरूका लागि खाना लुगा र किताबहरू

तिनै ढुङ्गाबाट बटुल्छु।

म दयाको भीख माग्दै तिम्रा ढोकामा पसारो पर्दिनँ।

न त आफूलाई तिम्रा अफिसका खुड्किलामा खुम्च्याउन चाहन्छु।

त्यसो हुँदा के तिमी रिसाउँछौ?

लेख!

म एउटा अरबी हुँ।

मेरो एउटा नाम छ, कुनै पद बिनाको

र नागरिकहरूलाई कुद्ध पारिएको एउटा देशमा

प्रतिलिपी अधिकार सुरक्षित गरिएको छ, त्यस नामको।

दर्‍होसँग गाडिएका छन्‌ मेरा जरा

समय जन्मनुभन्दा पहिल्यैदेखि ,

युगहरूका ढोका खुल्नुभन्दा पहिल्यैदेखि,

सल्ला र सालका रूखहरूभन्दा पहिल्यैदेखि,

र घाँस उम्रन थाल्नुभन्दा पहिल्यैदेखि।

मेरा बुवा, कुनै सम्भ्रान्त परिवारमा हैन

हलो जोत्दै हुर्किनु भएको हो।

मेरा हजुरबा किसान हुनुहुन्थ्यो,

न त राम्रोसँग बढ्न पाउनु भयो, न त राम्ररी जन्मनु नै भयो!

वहाँले मलाई पढ्न सिकाउनुभन्दा पहिले

मलाई सूर्यको गौरवका बारेमा बुझाउनु भयो।

मेरो घर एउटा पालेघर जस्तै छ

बाँसका सिक्रा र रुखका हाँगाले बनेको।

के मेरो अवस्थाले तिम्रो चित्तलाई तृप्त पार्‍यो?

मेरो एउटा नाम छ, कुनै पद बिनाको!

लेख!

म एउटा अरबी हुँ।

तिमीले चोरेका छौ

मेरा पुर्खाहरूको खेतबारी

मैले बाली लगाएको मेरो धर्ती

र मेरा छोराछोरीसमेत।

तिमीले हाम्रा लागि केही पनि बाँकी राखिदिएनौ

यी ढुङ्गाहरू बाहेक।

र यो पनि राज्यले लानेछ भन्ने सुनिँदैछ अचेल।

त्यसैले!

पहिलो पृष्ठको सबैभन्दा माथि लेख -

मानिसलाई घृणा गर्दिनँ म

न त म अरूको सम्पत्ति हडप्दै हिँड्छु।

तर म भोकाएँ भने

मेरो सम्पत्ति बलजफ्ति हडप्नेहरूको मासु नै मेरो आहार हुनेछ।

सावधान...

सावधान रहू...

मेरो भोक र

मेरो रिसबाट।

..........................................................

सुमन पोखरेलद्वारा अङ्ग्रेजीबाट अनूदित

..........................................................

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page