तिमी र म अनि यो मधुमास / सुमन पोखरेल
- Feb 4, 2015
- 1 min read
तिमी र म अनि यो मधुमास
आऊ आज भुलौँ संसारलाई
बढ्दै गएका मुटुका धड्कन
चढ्दै गएका आँखाका नसा
ती रहर, यी इच्छा, अनि कामनालाई
भन कसरी बाँधूँ यो सागरलाई
आऊ आज भुलौँ संसारलाई
तिमी र म अनि, यो जुनेली रात
खुल्दै गरेका लाजका पर्दा
फुक्दै गरेका सङ्कोचका बाधा
त्यो वेग यो आँधी, अनि बतासलाई
अब कसरी रोकूँ तूफानलाई
आऊ आज भुलौँ संसारलाई
तिमी र म अनि, यो मधुमास
















Comments