सांसारिक शब्दहरूमा उमेर उक्लिँदै / शीमा कलबासी
- शीमा कलबासी
- Sep 3, 2018
- 1 min read
वर्षाका ध्वनीहरू,
उडिरहेका चरा
हिलो
कान थुनाइ !
कुल योगफल ।
झरिरहेका आँशु
चोटहरू,
जीवन कतै नदेख्नु,
आफ्नै दुःखभित्र बाँच्नु !
पछि गएर जान्नु,
बुझ्नु:
यसैलाई भन्छन्, हृदयको यात्रा ।
………………………………………………………
(अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनूदित)
………………………………………………………
Sheema Kalbasi translated into Nepali by Suman Pokhrel
…………………………………………………………………………………….
Commentaires