पहिलो पाठ – बिरामीको मृत्यु भयो / शीमा कलबासी
आज बिहानको राउन्डमा
अर्को एउटा बिरामीको मृत्यु भयो।
ऊ आइपुग्ला भनेर व्याकुलताका पर्खिँरहेको बेला
कुनै रङ्गबिनाको उडानमा
बेडबाट बाहिरिँदै गरेको देखेँ उसलाई मैले,
उसका छेउमा अर्की परी थिइन् ।
सुदूर दृष्यमा रहेको
कथित मृत्युको पुलमा ।
चित्कार मेरो आहत हृदयभित्रै रोयो ।
म र मेरो शरीर शिताङ्ग भएर उभिइरह्यौँ
सेतो युनिफर्म सुषुश्रा सम्झेर रोइरह्यो
ज्योतिविहीन, आवाजविहीन भयो मर्म ।
यावत पढाइहरू, नर्सिङका सम्पूर्ण पाठ ।
मृत्युको अनुग्रह, उड्दै गरेका तरङ्गहरू ।
निराशाले पखालिएर बाहिर निस्किएँ ।
हृदयदेखि नै रोएँ म, तर पहिलो पटक थिएन त्यो रुवाइ
यद्यपि, मृत्युसँगको मेरो भेट भने त्यो नै पहिलो थियो ।
धमिला तर काम्दै गरेका जूनकिरीले भरिएका मेरा आँखाले
दिनभरि आफ्नो अस्तित्वका एकएक तत्वबारे सोचिरहे ।
सुटुक्क आउँछौँ हामी, सुटुक्क जाने गर्छौँ
के मौन छ बाटो? कुनै उत्सुकता छैन?
हामी त विदाइ गर्ने मात्र न हौँ !
………………………………………………………
(अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनूदित)
……………………………………………………..
Sheema Kalbasi translated into Nepali by Suman Pokhrel
……………………………………………………………………………………....
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...