निर्जनता / एलेन गिन्सबर्ग

बादलविहीन आकाशझैँ
खुल्ला छ दिमाग यसबेला।
त्यसैले जङ्गलीपारामा बाँच्नका लागि उपयुक्त समय हो यो।
मैले के नै गरेँछु र,
रूखरूखमा आँखा डुलाउँदै घुमिरहनुबाहेक।
अब भने म
श्रीमती र परिवारको सिर्जना गर्नेछु,
र छिमेकीहरू बटुल्नेछु।
वा म
एक्लोपन भत्काउनेछु
कि त
खानेकुरा वा बिजुली वा बियर खोज्नेछु।
(डियर पाल्ने र बियर ओढ्ने गर्नैपर्ने हुन्छ)
अथवा
हुनसक्छ मेरो लखरलखर हिँडाइको बिम्ब बनाउनेछु,
बाटाछेउमा एउटा सामधिस्थलको सानो बिम्ब -
आउनेजानेहरूलाई
म यहाँ जङ्गलीपाराले बसेको थाह दिनका लागि।
.........................................................................
Translated from English by Suman Pokhrel
.........................................................................
Allen Ginsberg translated into Nepali by Suman Pokhrel
......................................................................................................
Related Posts
See Allमैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा...