top of page

विशिष्ट नारी / माया एन्जोलो


Maya Angelou

मेरो रहस्य कहाँ चैँ लुक्या होला भनेर छक्क पर्ने गर्छन्‌ सुन्दर नारीहरू ।

म चिटिक्क परेकी वा फेसन मोडेल बन्न ठिक्क हुनेगरी बनेकी छुइनँ ।

तर मैले सुनाउँदा

कुरा बनाएको भन्ठान्छन्‌ तिनीहरू ।

म भन्ने गर्छु,

यो मेरा पाखुराले भेट्ने ठाउँमा छ

मेरो नितम्बको चौडाइमा छ,

मेरा पाइलाका लम्क्याइहरूमा छ

मेरा ओठका चालहरूमा छ ।

नारी हुँ म

विशिष्ट रूपले ।

विशिष्ट नारी,

म नै हुँ।

तिमीले सोच्नसक्ने जत्तिकै शालिनताले

म कोठाभित्र पस्छु,

पुरुषहरू भएठाउँमा पुग्छु ,

तिनीहरू कि त सतर्क हुन्छन्‌

कि त घुँडा टेक्छन्।

मौरीले रानो धेरेझैँ

मेरा वरिपरि घुम्छन्‌ तिनीहरू ।

म भन्नेगर्छु,

यो मेरा आँखाको आगो हो,

मेरा दाँतको चमक हो,

मेरो कम्मरको लचक हो

र मेरा गोडाको उमङ्ग हो ।

म एउटी नारी हुँ

विशिष्ट रूपले।

विशिष्ट नारी

म नै हुँ।

तिनीहरू के देख्छन् ममा भनेर

आफैँ छक्क छन्‌ पुरुषहरू।

अनेकौँ कोसिसले पनि

छुन सक्दैनन्‌

मेरो भित्री रहश्यलाई तिनीहरू।

देख्नै सकेनौँ भन्छन्‌

मैले तिनीहरूलाई देखाउन खोज्दा पनि ।

म भन्ने गर्छु,

यो मेरो पिठ्यूँको सुडौलतामा छ

मेरो मुस्कानको उज्यालामा छ

मेरा उरोजको उभारमा छ

मेरो स्वभावको शालिनतामा छ

म एउटी नारी हुँ।

विशिष्ट रूपले

विशिष्ट नारी

म नै हुँ ।

अब बुझ तिमी

किन सिँगारिएको छैन मेरो केश।

ठूलो स्वरमा बोल्दिनँ म, दौडिएर हिँड्दिनँ

न त बेस्सरी कराउनु नै छ मलाई ।

मलाई हिँड्दै गरेको देख्दा

गौरवान्वित हुन्छौ तिमी ।

म भन्ने गर्छु,

यो मेरा पैतालाको टेकाइमा छ,

मेरा केशका घुङ्ग्र्याइहरूमा छ

मेरा हत्केलाहरूमा छ,

मेरो ममत्वमा छ,

किनभने, म एउटी नारी हुँ

विशिष्ट रूपले।

विशिष्ट नारी

म नै हुँ।

.........................................................................

Translated from English by Suman Pokhrel

.........................................................................

Maya Angelou translated into Nepali by Suman Pokhrel

...............................................................................................

Related Posts

See All

वा र अथवा या कविता / सुमन पोखरेल

मैले लेख्न शुरू गरेको, र तपाईँले पढ्न थाल्नुभएको अक्षरहरूको यो थुप्रो एउटा कविता हो । मैले भोलि अभिव्यक्त गर्ने, र तपाईँले मन लगाएर वा करैले, पूरा वा आधा सुन्नुहुने, अथवा सुन्दै नसुन्नुहुने शब्दहरूक

Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page