top of page

जिन्दगी म बाँचिरहेछ / सुमन पोखरेल

Sep 23, 2018
1 min read

आफैँभित्र फैलिएर कतै आफूबाहिर सङ्कुचित परिवेश, माटो र आँखाहरूमा भावना, कल्पना र मुटुभित्र जिन्दगी म बाँचिरहेछ । ढुङ्गामा राखेर घनले हिर्काउँदा त्यति विभत्स नहोला मुटुको दशा जति बाँचिरहनुले बाँचेर पनि नबाँचिरहनुलाई चोइट्याउँदा हुन्छ । चोटका चोइटासँगै चर्किरहन्छन् मुस्कानहरू स्वरविहीन भएर आँखासँगै; पहिरोजस्तै खडेरीजस्तै डडेलोजस्तै; जहाँ एउटा जिन्दगीले म बाँचिरहेको हुन्छ। बदलिन सक्दैन अनुभव निष्फल हुन सक्दैन प्राप्ति देवता नभए ढुङ्गो हुन्छ खुसी नभए चोट हुन्छ; केही नभए शून्य हुन्छ । शून्यतामा एउटा सुस्केरा गुन्जिरहेको हुन्छ मौनताले वितण्डा गरिरहेको हुन्छ, र चहर्‌याइरहेको हुन्छ समय अनवरत शून्यतामा; चहर्‌याइरहेको युगमा इच्छाहरू भाँचिइरहेका हुन्छन् रहरहरू फुटिरहेका हुन्छन् र पोखिएका हुन्छन् असङ्ख्य सपनाहरू। उठाएर अँजुलीमा पोखिएका सपनाहरूलाई; बोकेर प्रलय विचलित हृदयभित्र लुकाएर कोलाहल हताश चाहनासँगै; उद्याएर आँखामा हतियार विद्रोहको शान्त देखिएर मुस्काउन खोज्दै मौन एउटा जिन्दगीले म बाँचिरहेको हुन्छ ।

 
 
 

Related Posts

See All
THIS CITY IS MINE

The forty-year-long city, to me at the time, stretched across the span of my life, had become part of my being, dancing and twirling through the myriad layers of my mind and the countless rooms of my

 
 
 

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2026

bottom of page