top of page

केही केही केही केही / सुमन पोखरेल


आऊ हामी मिलेर बाँचौँ एउटा केही। जिन्दगी हैन । जिन्दगी हो भने, अरु केही गरौं बाँच्नुबाहेक । तिमी र म एकअर्काको होऔं केही नयाँ । यसरी गरौं एउटा केही नयाँ । तिमी एउटा उज्यालो अन्धकार बोक वा अँध्यारो उज्यालोको केही बनाएर टिप मिर्मिरे वा साँझ हैन अरु केही । म एउटा लुप्त अभिव्यक्ति उचालौंला वा शान्त कोलाहलको एउटा केहीको केही बनाउँला यहीँ छोडने गरी । हुनसक्छ, म केही व्यक्त मौनताको नदी बहाउँला वा दृश्य कल्पनाको पहाड उकासुँला । जे छन् ती त छँदैछन् केही नयाँ बनाऔं केही नयाँ गरौं। आगोका फूल बनाउन हुन्थ्यो बनिसके, ढुङ्गाको टुसो पलाउन हुन्थ्यो पलाईसके, अलिखित राख्न हुन्थ्यो लेखिइसके । आऊ निराकार अस्पर्श्य अदृश्य अनुभवविहीन केही गरौं केही बनाऔं, केही नयाँ । यस्तो ईश्वर बनाउन हुन्थ्यो एउटा शक्ति बनाउन हुन्थ्यो ती पनि बनिसके। केही गरौं केही नयाँ गरौं। तिमी बटुलेर ल्याऊ म लेख्छु अर्थात्, म केही गर्छु नयाँ म केही केही छु नयाँ म केही केही केही नयाँ म केही केही केही केही। यसरी मिलेर तिमी र म केही केही केही केही।

Related Posts

See All
Featured Posts
  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

bottom of page