top of page

दुवै निद्रा आइपर्दा / सुमन पोखरेल

Sep 23, 2018
2 min read

मलाई दुईवटा निद्रा लागेको छ एउटा जिन्दगीको एउटा आफ्नो। दिन रात भएको छ रात दिन भएको छ यस्तो दिनरात भएको छ रातदिन भएको छ। अनि म लाटोकोसेरो भएको छु । म लाटोकोसेरो भएको छु, तर उल्लु हैन। यहीँनिर भेद पाएको छु मैले लाटोकोसेरो र उल्लुमा। लाटोकोसेरो म हो उल्लु म हैन । मैले चमेरो पनि हुनुपर्छ तर म चमेरो हैन। यो हुनु र नहुनुको बीचमा एउटा ढोका छ । ढोका बन्द भयो भने भित्रको भित्र बाहिरको बाहिर हुन्छ। भित्र र बाहिरको खेलमा म ढोका हुँ । मैले बन्द हुनु पनि पर्छ मैले उघ्रिनु पनि पर्छ यहाँ मान्छेले अब मान्छे हुनु हुँदैन मान्छे नमान्छे हुन सक्दिनँ अनि मैले लाटोकोसेरो हुनुपर्छ। तर म उल्लु हैन । गधा र भारी दुवै हिँडछ साथै-साथ म गधा हुँ म भारी हुँ । यहाँ मान्छे मान्छे हुन पाउँदैन त्यसैले म भारी हुन्छु ढाकर हुन्छु खर्पन हुन्छु तोक्मा हुन्छु जाँड हुन्छु जाँडको बटुको हुन्छु छोक्रा हुन्छु । जान्नेले जाँड हुनुपर्छ यहाँ नजान्नेले छोक्रा । म जाँड पनि हुन्छु छोक्रा पनि हुन्छु । यो हुने र नहुने क्रममा जे भए पनि हुन्छ जे गरे पनि हुन्छ । ढोका उघारे हुन्छ ढोका खोले हुन्छ ढोका चलाउँदै नचलाए हुन्छ । दिनभरिका अनुहार बटुलेर उपन्यास लेखे हुन्छ कविता लेखे हुन्छ केही नलेखे पनि हुन्छ। ब्यूँझे पनि हुन्छ निदाए पनि हुन्छ । यस्तै बेलामा दुईटा निद्रा लागेको छ। यो निद्रा ब्यूँझे पनि हुन्छ यो निद्रा निदाए पनि हुन्छ एउटा निद्रा निदाएर एउटा ब्यूँझे पनि हुन्छ । सपना देखे पनि हुन्छ । मान्छेले मान्छे बन्नुबाहेक जे गरे पनि हुन्छ घाइते खुट्टाले हिंडे पनि हुन्छ सद्दे खुट्टामा वैसाखी लगाए पनि हुन्छ खुट्टालाई काँधमा राखेर दौडिए पनि हुन्छ । म बैसाखी हुँ म काँध हुँ म लाटोकोसेरो हुँ म उल्लु हैन मान्छेले उल्लु हुनुपर्छ यहाँ । मान्छेले दुईटा निद्रा बोक्नु पर्छ एउटा निदाउनु पर्छ एउटा ब्यूँझनु पर्छ ।

 
 
 

Related Posts

See All
THIS CITY IS MINE

The forty-year-long city, to me at the time, stretched across the span of my life, had become part of my being, dancing and twirling through the myriad layers of my mind and the countless rooms of my

 
 
 

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2026

bottom of page