top of page

तिमीलाई खोज्दाखोज्दै

Nov 17, 2018
1 min read

एकपल्ट भनिदेऊ मलाई

तिमी कहाँ छ्यौ ।

तिम्रो सम्झना आउँदा सम्झनुपर्ने तिमी कहाँ छ्यौ ?

तिमीलाई छुन मन लाग्दा छुनुपर्ने तिमी कहाँ छ्यौ ?

कहाँ छ्यौ तिमीलाई प्रेम गर्न मन लाग्दा प्रेम गर्नुपर्ने तिमी ?

के गरूँ ?

तिम्रो आत्माको मन्दिर बनाऊँ र घण्टी बजाइरहूँ,

आकारबिनाको गुम्बा बनाऊँ र ध्यानस्त रहूँ,

या एउटा अदृष्य प्रेममहल बनाऊँ र त्यसैभित्र निदाइरहूँ?

तिमीले आफू भनेको तिमीलाई

प्रेम गर्न चाहन्छु म ।

तिमी शरीर हैनौ भने

किन सिँगारिरहूँ म दृष्यहरूलाई तिम्रा आखाँका लागि?

किन बढारिरहूँ तिम्रा पाउ हिँडने बाटाका काँडा ?

कोमल किन बनाइरहूँ तिम्रा हातले छुने चिजहरूलाई ?

किन छेकिरहूँ तिम्रा कानतिर आउँदै गरेका कर्कश आवाजहरू ?

फूलमा सुवास किन पोखिरहूँ ?

कसका लागि भरूँ म स्वाद आफ्ना ओठहरूमा ?

म

यो मिथ्या जगतलाई आफूभित्रै भरेर फैलिएको

भ्रमको यस परिधीबाट बाहिर निस्किएर

प्रेम गर्न चाहन्छु तिमीलाई ।

बस्, एकपल्ट बुझाइदेऊ।

तिमी

मन, मष्तिस्क र आत्मा मात्र हौ भने

तिमीमा समाहित हुन चाहँदा

कहाँ गएर विलिन हुनु म ?

 
 
 

Related Posts

See All
THIS CITY IS MINE

The forty-year-long city, to me at the time, stretched across the span of my life, had become part of my being, dancing and twirling through the myriad layers of my mind and the countless rooms of my

 
 
 

Comments


  • Suman Pokhrel
  • Suman Pokhrel
  • Suman Pokhrel
  • allpoetry
  • goodreads
  • LinkedIn Social Icon
  • Suman Pokhrel
  • Suman Pokhrel
  • SoundCloud Social Icon
  • kavitakosh

Join our mailing list

Never miss an update

© Suman Pokhrel 2026

bottom of page