जब तिम्रो यादको घनघोर बादल छाउँछ
मनको आकाशमा कुनै सौदामिनी लहराउँछ
फेरिदियो तिम्रो प्यारले अनुहार नै मेरो
हिजोआज ऐना हेर्दा, तिम्रो मुहार मुस्कुराउँछ
विस्मित छु हिजोआज म आफ्नै दृष्टि देखी
हरेक दृष्यमा तिम्रै तसवीर सगबगाउँछ
संसारभरको दु:ख बोकेर बाँचूँ एक्लै कसरी
मेरो जीवन मैसँग हिड्न हिच्किचाउँछ
छोडिदिएँ साथ मैले घमन्डी जिन्दगीको
हेरौँ त्यो एक्लै जान्छ वा फेरि मलाई बोलाउँछ
पानीको फोकाजस्तै क्षणभङ्गुर छ, सुमन !
तै पनि जिन्दगी यो फुर्ती किन लगाउँछ ?